जब मध्यराति बालुवाटारमा अमेरिकी टेलिफोन बज्यो ………

१८ फाल्गुन २०७८, बुधबार २३:४०

काठमाडौं । बालुवाटार अर्थात देशको कार्यकारी प्रधानमन्त्रीको निवास हो । देशको कार्यकारीकको निवास हुनुको नाताले मध्येरातिसम्म चहल पहल हुनु स्वाभाविक नै थियो । प्रायः मदिराको भोज हुने बालुवाटारमा हिजो मंगलबार मध्यराति भने बालुवाटारमा फरक दृष्य देखियो ।

खाना खाईसकेपछि सुत्ने तरखरमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा काठमाडौंस्थित अमेरिकी राजदूताबासबाट टेलिफोन गयो, तत्काल एलर्टमा रहनु, अमेरिकाबाट टेलिफोन आउँदैछ । प्रम देउवा शतर्क बने । सधैं ११ बजेतिर सुतिसक्ने देउवा मंगलबार पनि सुत्ने तरखर गर्दै गर्दा अमेरिकी दुताबासको टेलिफोन बजेको थियो । मध्यराति १२ बजेर केही मिनेट बितेपछि बालुवाटारस्थित देउवाको सरकारी निवासमा अमेरिकी विदेश मन्त्तालयबाट टेलिफोन गरिएको थियो ।

दुताबासको यस्तो जानकारी दिएको केहीबेरपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको सचिवालयबाट टेलिफोनको घण्टी बज्यो । उताबाट फोन गर्नेहरुले प्रम देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन संवाद गर्न चाहेको सन्देश दिइयो । लगत्तै सुरु भयो टेलिफोन वार्ता ।

स्रोतका अनुसार देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिन्कनले रसियाको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गर्न तथा रसियाको विरुद्धमा उभिन भनेका थिए । साथै एमसीसी पास गरेकोमा धन्यवाद दिँदै अमेरिका भ्रमणको निम्तो समेत दिएको बताइएको छ ।

मध्यराति भएको वार्तापछि प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त राष्ट्र संघमा आज हुने भएको युक्रेन र रसियाबीचको युद्धमा युक्रेनको पक्षमा मतदान गर्न भनियो । र सोही सहमतिको आधारमा आज युक्रेनको पक्षमा मतदान गरेको छ ।

यता, सरकारी संचार राससले प्रेषित गरेको समाचारमा मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको उल्लेख छ ।

मंगलबार मध्यराति अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग टेलिफोन वार्ता गरेको प्रम देउवाले स्वीकार गरेका छन् । आज शेर बहादुर देउवाको व्यक्तिगत ट्वीटरमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गयौँ” उल्लेख गरेका छन् ।

उता, अमेरिकी विदेशमन्त्री ब्लिन्कनले मंगलबार मध्यराति नै गरेको ट्वीटमा रसियाले युक्रेनमाथि गरेको आक्रमण सार्वभौम सत्तामाथिको हमला मान्दै छलफल भएको र क्षेत्रिय सुरक्षाको लागि मिलेर अघि बढ्ने सहमति भएको उल्लेख गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*