डकुमेन्ट एआई स्टार्टअफ डकसुमोले उठायो ३.५ मिलियन डलर, नेपाल र भारतमा रोजगारी सिर्जना गर्ने लक्ष्य

२५ फाल्गुन २०७८, बुधबार १३:१०

काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकसुमो डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर उठाएको छ ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह–स्थापना गरेका थिए ।

स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित छ जसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्दछ ।

फिफ्थ वाल, अर्बोर रियल्टि ट्रस्ट र वर्तमान लगानीकता बेटर क्यापिटलकोको सहभागितामा कमन ओसिनद्वारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक–आधार बढाउन नयाँ कोष प्रयोग गर्ने स्टार्टअफ डकसुमोले योजना बनाएको छ ।

बिक्रम डेटा एन्ट्री क्लर्क थिए र उनले प्रत्यक्ष रुपमा नै म्यानुअल एन्ट्री गर्न कति गाह्रो र दिक्कलाग्दो हुन्छ भनेर अनुभव गरेका थिए । वास्तवमा, अधिकांश कागजात मिलाउने प्रक्रिया एशियाली देशहरू जस्तै भारतमा आउटसोर्स गरिन्छ, जहाँ ठुलो संख्यामा मानिसहरू वित्तीय सेवाहरूको लागि आवेदनहरू प्रक्रिया गर्छन् । टिमले मानिसले गर्ने मुख्य पक्ष – टेक्स्ट पढ्नेलाई स्वचालित गर्न मेशिन लर्निङ प्रविधि लागू गर्दैछ ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन्’ हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं । हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो ।’

पछिल्लो १२ महिनामा, डकसुमोले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका, इयु र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ । डकसुमो पहिला सन् २०२० मा टेकस्टार्टस् लण्डन एक्सेलेटरको हिस्सा थियो । Barclays, Sequoia, Jupiter money र  amp का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि–सीड राउन्ड उठाएको थियो ।

“हामीले हाम्रा पोर्टफोलियो कम्पनीहरूमा डकसुमोको प्रविधि प्रयोग गरेका छौं र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित गर्नमा यो कत्तिको प्रभावकारी छ भनेर प्रत्यक्ष देखेका छौं । यस टिमसँग काम गर्न पाउँदा एकदमै रमाइलो लागेको छ र हामी उहाँहरूको यात्रामा सामेल हुन उत्साहित छौं किनभने यसले उनीहरूले कामको प्रक्रियाहरूमा एआई।एमएल लागू गर्ने अवसरहरू अनलक गर्छन्’ राउण्डको नेतृत्व गने कमन ओसियनकाका जनरल पार्टनर इगोर युलिसले टिप्पणी गरे ।

यस नयाँ लगानीसँगै, डकसुमोले थप प्रयोगका केसहरू–ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ । कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई–फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन् ।’ रुषभले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*