शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली

२९ फाल्गुन २०७८, आईतवार २०:३०

काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको एजेन्सी म्यानेनजर भएर बीमा क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेकि छिन् । बडैया ताल गा पा ८ , बर्दिया मा रहेको रिभर क्विन बोर्डिङ स्कुल बाट शिक्षण पेशा बाट जागिरे जिबन सुरु गरेकि सुनिता हाल सिटिजन लाइफमा पूर्ण रुपमा एजेन्सी म्यानेनजरको रुपमा कार्यरत छिन् ।

२०७६ साल मङ्सिर महिना बाट अभिकर्ता को रुप मा सिटिजन लाइफको दुलेगौंडा शाखाबाट बीमा क्षेत्रमा प्रबेश गरेको थापाले छोटो समयमा नै सफलता हात पार्न सफल भएकि छिन् ।१३६ जना अभिकर्ताको टिम जोडिएर काम गर्न सफल भएकि थापाले करिब ४ सय परिवार बीमाको माध्यम बाट आफु र आफ्नो परिवारलाई सुरक्षित बनाई सकेकि छिन् ।

अभिकर्ता पेशामा प्रवेश गरेपछि सुनिताको जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशा मै जोडिए पछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । जुनसुकै तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । जीवनमा कुनै पनि काम असम्भव भन्ने नै छैन् भन्ने सुत्र लिएर अघि बढ्ने उनी आफ्नै पौरख, मेहनत र संघर्ष गर्न हिच्किचाउँदिनन् र, त आज सफल छिन् ।

बीमा अभिकर्ता बिमक को तलबी कर्मचारी नभई बिमक को तर्फ बाट कमिसनमा आधारित रही काम गर्ने ब्यक्ती भन्ने बुझिन्छ । बीमा अभिकर्ता पेशालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने मनस्थिती बनाईदैन तबसम्म पूर्ण रुपमा काम गर्न सकिदैन भन्ने धारणा उनको छ ।

कम्पनीमा जोडिए देखी कम्पनी को बिभिन्न तालिम , सेमिनार मा सहभागी आफ्नो क्षमता अभिबृधी गर्ने अवसर प्राप्त समेत भएको छ. पुर्णकालिन रुपमा यो पेशा मा आबद्ध भएर नै घरखर्च धानिरहेकि उनी अरुलाई समेत यो पेशामा आवद्ध हुन प्रेरित गछिन् ।

एक बर्ष अघि मासिक रुपमा कमाउने रकम आज कर तिर्दै आइरहेको उनी बताँउछिन् । जस्ले एउटा राज्य को कर योग्य नागरिक हुनुमा गर्ब समेत प्रदान गरेकोमा उनी खुसी व्यक्त गछिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*