होली पर्वलाई जीवन बीमासँग जोडौं, खुशी र उमंगलाई जोखिम रहित बनाऔं

३ चैत्र २०७८, बिहीबार ०८:१७

होली अर्थात रंगहरुको पर्व । बहुरंगको अर्थ हुन्छ खुशी यो खुशी, उत्साहको समय समेत हो । आज नेपाल र भोलि नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारतमा समेत होली पर्व भव्य र सभ्य रुपमा मनाइदैछ ।

रंगहरुको पर्व अनि त्यसमाथि खुशी र उमंग जोडिने वित्तिकै बीमा नछुटाउँदा राम्रो हुन्छ । खुशी र उमंग तव प्र्राप्त हुन्छ जब मानिस जोखिमरहित हुन्छ । त्यसैले उन्मत्त खुशी हुन सिकाउने होली पर्वलाई जीवन बीमाको रंगसँग जोडेर अघि बढाउने नयाँ संस्कृतिको विकास गर्न सकेमा आम सर्वसाधारणको खुशी स्थायी हुन पुग्दछ भने बचत गर्र्ने बानीका कारण पनि मानिसहरुको भविष्य सुन्दर हुन पुग्दछ ।

नेपालमा सरकारले बीमा अनिवार्य गरेको छैन, यहाँ बीमा गराउन अभिकर्ता नै घर घर धाउन पर्ने अवस्था रहेको छ । साना देखि ठुला चाडपर्बमा फुजुल खर्च गर्न तयार हुने हामी सहजरुपमा बीमा गर्न भने तयार हुदैनौ । सामान्यतया बच्चा जन्मेकै दिन देखि बच्चाको बाल भबिष्य बीमाको जोखिम बहन गर्न सकिन्छ । एउटै रकमले अभिभावक र बच्चा दुबैको बिमा गर्न सकिन्छ । त्यसैगरी, एउटा बयस्क ब्यक्ति ६५ बर्षको उमेर हुदासम्म बीमा योजना खरिद गर्न सक्दछ । नेपालमा जीवन बीमा गर्ने १९ वटा कम्पनी रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ वटा कम्पनी नेपालमा दर्ता भई सञ्चालित छ भने एउटा अमेरिकन बीमा कम्पनीको शाखा कार्यालयले नेपालमा अनुमति लिई सेवा प्रवाह गर्दै आएको छ ।

जीवन बीमा बचत र जोखिम बहनसँगसँगै हुने हुँदा बीमितलाई केवल खुशी मात्रै दिने गर्दछ । यही खुशी दिने जीवन बीमाको पोलिसीलाई पूर्वीय सभ्यता मान्नेहरुले खुशी, उमंगको प्रतिकको रुपमा मनाउने होलीसँगै जोडेर मनाउँदा अझै सार्थक र अर्थपूर्ण हुनेछ । प्राण घातक रोग लागेको अवस्थामा उपचार खर्च तथा स्थायी पूर्ण अपांगतामा सुविधा पाउने लगायतका जीवन बीमा पोलिसीहरुमा थप सुविधा समेत लिन सकिने व्यवस्था छ ।

दशै, तिहार, तिज, माघी, होली ,जन्म दिन, पास्नी, बैवाहिक बर्ष गाठ आदिमा हुने फजुल खर्च कम गरेर जीवन बीमा गर्न सकिन्छ । यसबाट बचत बढ्नुका साथै जोखिम घट्नेछ । मानविय जीवन जोखिमै जोखिमले भरिपूर्ण छ त्यसैले जीवन बीमा जरुरी छ ।
आम बीमाकर्ममा जोडिनु भएका दाजुभाइ तथा दिदी बहिनीहरु होली मनाइरहँदा यसभित्रको खुशी र बीमाले बहन गरी जोखिम मुक्त हुँदाको खुशीलाई आपसमा फ्युजन गराउन सकेमा पक्कै होली नयाँ खुशी, नयाँ पर्व र नयाँ संस्कृति बनेर तपाई हाम्रो आगनमा चिरकाल पर्यन्त आइरहनेछ ।

(लेखक सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध छन् ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*