फाेनपेबाट रकम पठाँउदा कमलले जिते स्यान्ट्राे कार, ४८०० ले जितायाे कार

४ चैत्र २०७८, शुक्रबार १५:४०

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले संचालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका विजेतालाई कार हस्तान्तरण गरिएको छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेडले संचानलमा ल्याएको भट्ट ट्रान्सफर भट्ट कार योजना मोरङका कमल चुडालले जितेका छन् । उक्त योजना अन्र्तगत उनले हुण्डाइको स्याण्ट्रो गाडि जितेका हुन् ।चुडालले सनराइज बैंकबाट ४ हजार ८ सय रुपैयाँ रकम ट्रान्सफर गर्दा बम्पर उपहार अन्तर्गत स्याण्ट्रो जितेका हुन् ।

फोनपेले दोस्रो पटक संचालनमा ल्याएको उक्त योजना अन्तर्गत गाडी जित्न सफल उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटाले साँचो हस्तान्तरण गरेका हुन । पहिलो पटक ल्याएको योजनामा झापाका एज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जितेका थिए ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो वर्ष पनि असोज ३१ देखि पुस १६ गतेसम्म संचालन भएको उक्त योजनामा ७५ जाले आईफोन १३ जितेका छन् । यो योजना अन्तर्गत हरेक दिन एक जनाले आईफोन जित्न समेत सकिने सुविधा रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स् मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षामापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*