बुवाको ४५ औं जन्मोत्सवमा जीवन बीमा पोलिसी उपहार

४ बैशाख २०७९, आईतवार २३:२३

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । फरक यत्ति हो, उपहार के दिने ? लगाउने लुगा, घडी, मोबाईल, सुनका गहना, हुनेखानेहरुले गाडी, विदेश टुर आदि ।

पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो । अब विस्तारै समय बदलिएको छ । अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै जीवन बीमा पोलिसीलाई सम्मानजन उपहार दिने क्रम बढिरहेको छ । यसैक्रममा भैरहवाका एक सफल अभिकर्ता एवम् विद्यार्थी प्रशान्त न्यौपानेले आफ्नो बुवाको ४५ औं जन्म दिनको अवसर पारेर ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै चार्ड पर्व, जन्म दिन तथा विवाह, ब्रतबन्धमा जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको हो । विद्यार्थी प्रशान्तले आफूलाई जन्म दिने बुबा राजु न्यौपानेलाई अपार मायासहितको उपहारमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना अन्तर्गत ५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएको सो कम्पनीको भैरहवा शाखाका अप्रेशन इन्चार्ज सुलभ सापकोटाले जानकारी दिए ।

बीमा पोलिसी हस्तान्तरण गर्दै विद्यार्थी तथा अभिकर्ता न्यौपानेले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चितता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेकोले आफूले बुवालाई जन्मदिनमा बीमा पोलिसी उपहार स्वरुप दिएको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।

उपहार खरिद गर्दा खर्च हुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपयोगी बचत हुने भएकोले यसको ठूलो महत्व रहेको समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*