सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
१२ बैशाख २०७९, सोमबार ११:३५
काठमाडौं । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन १ लाख २०० रुपैयाँ र तेजावी सुन ९९ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन छापावाला सुन १ लाख ५०० रुपैयाँ र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदी तोलामा १३ सयर ६० रुपैयाँ कारोबार भएकोमा १० रुपैयाँले घटेर आज १३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।