एलआईसी नेपालमा आबद्ध अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम

१२ बैशाख २०७९, सोमबार ११:५५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडमा कार्यरत जीवन बीमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय ‘‘बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम” प्रदान गरिएको छ ।

एलआईसी नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीको संयोजकत्वमा लुम्बिनी प्रदेश राजधानी तथा दोस्रो क्षेत्रीय महत्वको शहर बुटवलमा आसपासका शाखा तथा उपशाखा एजेन्सी कार्यालयमा कार्यरत बीमा अभिकर्ताहरुलाई विशेष प्रकारको उत्प्रेरणामूलक तालिम दिइएको हो ।

एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दासको प्रमुख आतिथ्यमा सञ्चालित तालिममा बीमा अभिकर्ताहरुको मनोबल बृद्धि हुनुको साथै बजारिकरणमा थप दक्षता अभिबृद्धि भएको बताएका छन् ।


प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले बजारीकरण रणनीति र सदस्य सम्वन्ध विषयको सैद्धान्तिक पक्षको बारेमा प्रशिक्षण दिएका थिए । सिईओ दासले नेपालमा रहेका १९ वटा जीवन बीमा कम्पनिहरुमा राष्ट्रिय बीमा सस्थान बाहेक अन्य कम्पनीहरुका लागि एलआइसी नेपाल कर्मचारी उत्पादन गर्ने थलो रहेको बताए ।

नेपाल तथा भारतको जीवन बीमा क्षेत्रमा ३० बर्षको अनुभवसहित छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका सफल बीमा प्रशासक सिईओ दासले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए । सबैभन्दा पुरानो कम्पनी समय सान्दर्भिक आकर्षक बिमा योजना रहेकोले जसलाई जुन बीमाको आवश्यकता छ सोही अनुसार बीमा पोलिसी बिक्रि गर्न अभिकर्ताहरुलाई निर्देशन दिएका छन् ।


कार्यक्रममा उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्तालाई सिईओ एलपी दासले सम्मान गरेका थिए । भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा बीमा अभिकर्ताहरुले उत्साहप्रद सहभागिता जनाएको कार्यक्रम संयोजक गिरीले बताए ।

बुटवल शाखाका प्रवन्धक ज्योति कुमार पौडेलले संस्थाको गतिविधी र व्यवसायको विषयमा र भैरहवा शाखाका प्रबन्धक सुदिप श्रेष्ठले संस्थाबाट प्रदान गरिएको पोलिसी सम्वन्धी सेवाहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

 


त्यस्तै, कार्यक्रममा नेपाली बीमा क्षेत्रका प्रख्यात प्रशिक्षक फडिन्द्र पुरीले बीमा अभिकर्ताहरुलाई प्रशिक्षणसँगै बीमा अभिकर्ताहरुमा थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन् ।

एलआईसी नेपालका सिनियर एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरीले अभिकर्ताहरुलाई तालिम दिँदै आफ्नो पेशामा दृढ भएर संघर्ष गर्न सकेमा सफलता चुम्न धेरै समय नलाग्ने बताए । उनले भने,  ‘अभिकर्ता पेशामा केही हुदैन भन्नेहरुले अभिकर्ता पेशाबाटै लोभलाग्दो वैभवशाली जीवन बिताएहरुबाट हामी केही सिक्न सक्छौं,’ प्रशिक्षक गिरीले भने । बीमा अभिकर्ताहरुलाई प्रशिक्षण दिँदै गिरीले भने, ‘बीमा अभिकर्ता पेशामा आवद्ध भएपछि पब्लिक रिलेशन बढ्छ । सामान्य ज्याला मजदुरी गर्नेदेखि लिएर पहुँचवालसम्मका मान्छेहरुसँग चिनजान हुन्छन् । आफुले चाहेका मान्छेहरुलाई सहजै भेट्न पाईन्छ । अभिकर्ता पेशाले समाजमा चिनाउँछ, यो निश्वार्थ भावले गरिने समाजसेवा पनि हो ।’


अभिकर्ताको तर्फबाट सीता न्यौपाने र ज्योति पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अभिकर्ता लक्ष्मी केसीले सञ्चालन गरेकी थिईन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*