चेम्बरद्धारा भुक्तानी सन्तुलनमा असर नगर्ने गरी आयत व्यवस्थित गर्न अर्थमन्त्रीलाई आग्रह

१५ बैशाख २०७९, बिहीबार १८:१६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासंग आज भेटवार्ता गरेको छ । पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासंग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन ।

मन्त्री शर्मासंगको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताए । आवस्यक वस्तुहरुको अभाव हुन नदिन औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरुलाई व्यवस्थित तवरले आयत गर्न दिनुपर्ने मल्लले बताए ।

व्यापार घाटा कम गर्नका लागि निर्यात प्रवद्र्धनमा सहुलियत दिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । अर्थमन्त्रीशर्मासंग अध्यक्ष मल्लले भन्सारमा सन्दर्भ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिनुपर्ने सुझाव समेत दिए ।नेपालको भन्सार प्रक्रीयामा सहजिकरण नहुँदा निर्यात प्रवद्र्धन हुन नसकेको चेम्बर पदाधिकारीले गुनासो गरेका थिए । अध्यक्ष मल्लले भने, ‘मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको उच्चस्तरीय प्रयोगशाला राख्न सकियो भने गुणस्तरीय बस्तु मात्रै आयत हुने वातावरण बन्छ ।

यसबाट स्वभाविकरुपमा आयात कम गर्न सकिन्छ ।’व्यापार घाटा बढ्नुको मुख्य कारण पेट्रोलिय पदार्थको उच्च आयात रहेको भन्दै अध्यक्ष मल्लले आगामी बजेटमा विद्युतीय सामाग्रीको उच्चतम प्रयोग हुनेगरी बजेट तर्जुमा गर्नुपर्ने बताए ।

सवै नागरिकलाई करको दायरामा ल्याउन नागरिकता दिँदैखेरि प्यानकार्ड पनि उपलव्ध गराउने व्यवस्था गर्न सकिने अध्यक्ष मल्लले बताए । घर जग्गा कारोबारलाई पनि करको दायरामा ल्याउनुपर्ने अध्यक्ष मल्लको भनाई छ । ‘घर जग्गा कारोबार ब्रोकर ब्रोकर कम्पनी मार्फत गर्न आवश्यक छ, उनले भने, कम्पनी मार्फत कारोबारको व्यवस्था गरियो भने करको दायरामा ल्याउन सकिन्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*