शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडाअध्यक्ष तामाङद्धारा पदभार ग्रहण, प्रमुख समस्या निराकण गर्ने प्रतिवद्धता
११ जेष्ठ २०७९, बुधबार १२:२०
काठमाडौं । शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर तामाङले कार्यभार सम्हालेका छन् । तामाङले शैलुङ गाउँपालिकाको वडा न.८ को कार्यलयमा गइ कार्यभार सम्हालेका हुन् ।उनलाई कर्मचारीहरु र पुर्व अध्यक्ष रामेश्वरले भब्य स्वागत गरेका थिए ।
कार्यभार सम्हाल्दै तामाङले आफ्नो पहिलो प्राथमिकता शैलुङ गाउँपालिकाको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या सनाधान गर्ने बताएका छन् । साथै उनले झोरखोला सिन्चाईबाट ढाडे, पोखरे, चिलाउने, पहरिखर्कका बासिन्दा लाभान्वित हुने समेत बताए ।