एमडिआरटीको बार्षिक सभामा भाग लिन रिलायन्स लाइफकी न्यौपानेसहित दुई बीमाकर्मी अमेरिकातर्फ

१० असार २०७९, शुक्रबार १७:१५

काठमाडौं । बीमा क्षेत्रमा लागेको थोरै समयमा नै उल्लेख्य प्रगति गर्न सफल रिलायन्स लाइफकी नमिता न्यौपाने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा भाग लिन आज अमेरिकातर्फ जाँदैछिन् । बीमा क्षेत्रमा आबद्ध भएको पाँच वर्षमै अमेरिकामा हुने एमडिआरटीको बार्षि सभामा भाग लिन जान लागेकी हुन् । न्यौपाने एमडिआरटी, सिओटी र टिओटी लक्ष्य चुम्न सफल बीमाकर्मी हुन् । छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल न्यौपानेलाई कम्पनीले राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरेको छ ।

यस पटक रिलायन्यस लाइफ इन्स्योरेन्स कम्पनीबाट दुई जना नमिता र कमल प्रसाद दाहाल अमेरिकामा हुने एमडिआरटी बार्षिक सभामा भाग लिन आजै त्यसतर्फ प्रस्थान गर्दैछन् । न्यौपाने र दाहालले रिलायन्स लाइफको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछन् । उल्लेखित दुईजना बाहेक नेपाल लाइफकी जैसरा पंगेनी अमेरिका पुगिसकेकी छिन् । बीमा क्षेत्रको अत्यन्तै प्रतिष्ठित एमडिआटीको बार्षिक सभामा भाग लिएपछि बीमाकर्मीको व्यवसायिक दक्षता बृद्धि हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ राकेश पोखरेलले आज एक कार्यक्रमका बीच दुवै जनालाई विदाई गरेका छन् । यस वर्षको एडिआरटी बार्षिक सभा जुन २६ अर्थात आइतबारदेखि जुन २९ सम्म अमेरिकाको बोस्टनस्थित बोस्टन कन्भेन्सन एण्ड एक्जिविसन सेन्टरमा आयोजना हुँदैछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*