बोस्टनस्थित एमडिआरटी बार्षिक सभामा नेपालबाट तीन जना बीमाकर्मी सहभागी, फहराइयो नेपालको राष्ट्रिय झण्डा

१४ असार २०७९, मंगलवार ०७:५४

काठमाडौं । अमेरिकाको बोस्टनमा जारी विश्वभरिका बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सभामा नेपालबाट तीन जना बीमाकर्मीहरु सहभागी छन् । नेपाल लाइफबाट जैसरा पंगेनी, रिलायन्स लाइफबाट नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनमा जारी एमडिआरटी बार्षिक सभामा सहभागी भई नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

तीनै जना सहभागी मिलेर एमडिआरटी सभास्थल बोस्टर्न कन्फरेन्स एण्ड एक्जिविसन हलमा नेपाली झण्डा फहराएर नेपालको प्रतिधित्व गरेका छन् । बोस्टनमा सहभागी नेपाली बीमाकर्मीहरुले बार्षिक सभामा सहभागी भएर बीमा क्षेत्रबारे थप ज्ञान प्राप्त भएको र अन्तर्राष्ट्रिय प्लेटफर्ममा उपस्थित हुँदा नेपालको गौरव समेत बढेको प्रतिक्रिया दिएका छन् ।

सम्मेलन भोलि अर्थात २९ जुनमा सकिदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*