एभरेष्ट इन्स्योरेन्सका कर्मचारीद्धारा मर्जर प्रकृयाप्रति असन्तुष्टि, कर्मचारी संघले निकाल्यो वक्तव्य

१६ असार २०७९, बिहीबार १२:११

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी कर्मचारी संघले मर्जर उपसमिति गठन गर्न माग गर्दै कम्पनीलाई ध्यानाकर्षण गराएको छ। कम्पनीले हालसम्म कुनै पनि उपसमिति नबनाएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गराएको छ। मर्जर प्रकृयाप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारी संघले वक्तव्य निकालेको छ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी कर्मचारी संघले मर्जरको क्रममा कम्पनीका कर्मंचारीहरुको सम्बन्धमा कुनै पनि निर्णय गर्नका लागि संघको प्रतिनिधि समेत रहने गरि मर्जर उपसमिति गठन गर्न संघका सचिव प्रदिप विष्टले बताएका छन् ।

संघले यसरी कर्मचारी संघसँग कुनै छलफल नगी एकतर्ली रुपमा निर्णय गर्दा हुन सक्ने दुघर्टनाको जिम्मेवार पूर्णरुपमा व्यवस्थापना पक्ष हुने छ भन्ने कुरा ध्यानाकर्षण गराएको छ।

Sub-Merger Committee (1)

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*