बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशनमा विवाद, अधिकारी नयाँ अध्यक्ष बनेको दावी

१९ असार २०७९, आईतवार १४:११

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ समितिको तेस्रो अधिवेशन हेटौडामा सम्पन्न भएको छ । विवादका बीचमा हिजोदेखि सुरु भएको अधिवेशनले गणेश प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको दावी अधिकारी पक्षले गरेको छ भने कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति बनेको संस्थापन पक्षले दावी गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत बिमा अभिकर्ता संघ बिमक समितिको तेस्रो केन्द्रिय अधिबेशन हेटौंडामा सम्पन्न भएको संघले जनाएको छ । कार्यक्रममा उपस्थिती रहेका अभिकर्ता प्रतिनिधिको बहुमत समर्थनमा गणेश अधिकारिको अध्यक्षतामा १६ सदस्यीय नेपाल लाइफ बीमक समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ । जसमा समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर खड्का, उपाध्यक्षमा महेन्द्र प्रसाद यादब, सचिवमा ओम बहादुर खत्री, सहसचिवमा रामशरण पोख्रेल, कोषाध्यक्षमा तेजमणी शर्मा निर्वाचित गरेको दावी गरिएको छ ।

यस्तै सदस्यहरुमा दुर्गादेबी भट्टराई, ओम प्रसाद वली, कपिल आचार्य, कृष्ण प्रसाद रिमाल, देवी प्रसाद शर्मा जैसी, नरेन्द्र कुमार संग्रौला, मदन प्रसाद यादब, रामकृष्ण वली, वसन्त बिक्रम कुवँर, जुहारिलाल चौलागाईं सर्वसम्मत भएका निर्वाचित गरेको दावी गरिएको छ । यस्तै उक्त कार्यसमितिको पहिलो बैठकले आव २०७७-०७८ को अभिकर्ताको कमिसन मार्फत काटिएको ५३ लाख भन्दा बढी रकम अभिकर्तालाई नै फिर्ता गर्न कम्पनीलाई नै लगाउने समेत निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*