रिलायन्स लाइफको देशैभरका क्षेत्रीय तथा शाखा प्रमुख भेला सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान (फोटो फिचरसहित)

२२ श्रावण २०७९, आईतवार १४:२१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन होटल सिराइचुली चितवनमा साउन १९ गतेदेखि २१ गतेसम्म भएको हो । सम्मेलनमा रिलायन्स लाइफका देशैभरका शाखाबाट शाखा प्रमुख, क्षेत्रीय प्रमुख, एरिया म्यानेजरहरुको सहभागिता रहेको थियो ।

साथै सो सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राकेश प्रोखेलद्धारा वर्षभरीमा उत्कृष्ट प्रिमियम संकलन गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साउन २१ गते पहिलो सम्मेलनमा क्षेत्रीय प्रमुख तथा एरिया प्रमुखहरुको भेला भएको थियो भने दोस्रो दिन अर्थात साउन २० गते ब्रान्च म्यानेजरहरुको सम्मेलन भएको थियो । त्यस्तै, साउन २१ गते कम्पनीका तर्फबाट एमडीआरटी बन्न सफल र क्लबका मेम्बरहरुलाई सम्मान गरिएको थियो ।

फोटो फिचर : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*