बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा अभिकर्तालाई तीन दिने पुनर्तागजी तालिम सम्पन्न

५ भाद्र २०७९, आईतवार १९:१४

सुर्खेत । बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालयले बीमा अभिकर्ताहरुलाई भेला पारेर तीन दिने प्रशिक्षणात्मक अभिकमुखिकरण तालिम सम्पन्न गरेको छ । बीमा समिति र इन्स्योन्स इन्स्टिच्यू्रट नेपालको संयुक्त आयोजनामा गरिएको तीन दिने कर्णाली प्रदेशभित्रका सिनियर एजेन्सी म्यानेजरहरुसँग तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । तालिममा सहभागी बीमा अभिकर्ताहरुले तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

बीमा समिति कर्णाली प्रदेश प्रमुख निर्देशक पदम प्रसाद सोडारीको नेतृत्वमा सञ्चालित तालिममा तीन दिनसम्म जीवन बीमाको प्रक्रियाको बारेमा, मेडिकल अण्डरराईटिङ तथा आर्थिक अण्डरराईटिङको बारेमा बृहद छलफल भएको थियो । बीमा समिति कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले तीन दिनसम्म तालिम दिएका थिए । कार्यक्रममा इन्स्योरेन्स इन्टिच्यूटका गणेश शर्माले तालिम दिएको थिए ।  जीवन बीमाको सुरुवातदेखि दावी प्रक्रियासम्मको विस्तृत जानकारी मूलक तालिममा तालिममा भोज बहादुर खड्का, तिलक केसी, राम बहादुर शाही प्रशिक्षक रहेका थिए । कार्यक्रममा ७० जना भन्दा बढि उपस्थिति रहेको बीमा समिति कर्णाली प्रदेश कार्यालयले जनाएको छ । बीमा समितिको इतिहासमा पहिलो पटक बीमा अभिकर्ताहरुलाई पुनर्तागजी कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा १८ वर्षसम्म एजेन्सी सेवामा लागेर चार हजार दुई सय वटा बीमा पोलिसी बिक्री गरिसकेका एजेन्सी म्यानेजरहरु समेत उपस्थित भई लाभ लिएको समितिले जनाएको छ । कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमा समितिले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र पहिलो पटक बीमा समितिबाट तालिम पाउँदा थप हौसला मिलेको प्रतिक्रिया तालिममा सहभागी बीमा अभिकर्ताहरुले दिएका छन् । तालिममा सहभागी नेपाल सरकारको उपसचिवबाट रिटायर्ड पश्चात बीमा अभिकर्ता भई कार्यरत रहेको भक्त बहादुर कार्कीले बीमा समितिको तालिमले थप हौसला मिलेको र जीवन बीमा व्यवसाय अझै स्वच्छ र पारदर्शी हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै तालिममा सहभागी गंगा कुमारी शर्माले बीमा समितिले आयोजना गरेको तालिम कार्यक्रम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिईन् ।

तीन दिने तालिम आजै समापन भएको छ । यसैबीच, बीमा समिति कर्णाली प्रदेशले भोलिबाट निर्जिवन बीमा कम्पनीहरुलाई तालिम दिने भएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*