क्रिप्टो ह्याकरद्वारा ३ अर्ब डलर बढीको क्रिप्टो करेन्सी लुटपाट

२७ आश्विन २०७९, बिहीबार १४:१३

काठमाडौं । सन् २०२२ मा क्रिप्टो मार्केट क्र्यास भएपछि लगानीकर्ताको अर्बौं डलर गुम्दा ह्याकरहरु भने मालामाल भएका छन् । ह्याकरहरुले अक्टोबर महिनामा मात्रै ७१ करोड ८० लाख अमेरिकी डलर बढीको क्रिप्टो करेन्सी लुटेको ब्लकचेन विशेषज्ञ चेनलाइसिस इन्क’ ले जनाएको छ । सन् २०२२ यता मात्रै ३ अर्ब डलर भन्दा बढी मूल्यको क्रिप्टो क्याक भइसकेको र नयाँ रेकर्डतर्फ अघि बढिरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

विशेषगरी केन्द्रीकृत प्रणालीको प्रयोग नगर्ने ट्रडिङ प्लेटफर्मलाई ह्याकरहरुले लक्ष्य बनाएका छन् । ह्याकरहरु यस्ता प्लेटफर्महरुको सुरक्षा, कोडिङ र संरचनामा भएका कमजोरीहरुको फाइदा उठाउन माहिर बनेको ब्लुमबर्गले रिपोर्ट गरेको छ । गत हप्ता मात्र ५७ करोड डलर मूल्य बराबरको २० लाख बाइनान्स क्वाइनहरु ह्याकरहरुले लुटेका थिए । जसमध्ये १० करोड डलर बराबरको क्वाइन बरामद हुन सकेको छैन भने बाँकी रकम बराबरको क्वाइन फ्रिज भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*