नेशनल लाइफ इन्स्योरेन्स काठमाडौं शाखाका लिडर सम्मान कार्यक्रम सम्पन्न

२९ आश्विन २०७९, शनिबार १७:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाडौं शाखा घण्टाघरले आफ्नो बीमा व्यवसायका लिडरहरु सम्मानित गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका सहायक क्षेत्रिय प्रबन्धक सुमोद थापाको अध्यक्षता तथा सहायक महाप्रबन्धक प्रज्वल सायमीको प्रमुख आतिथ्यमा पाँच दर्जनभन्दा बढि लिडरहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख प्रमुख शुशिल प्रताप राणा, अण्डरराईटिङ विभाग प्रमुख लोक प्रसाद अर्याल, सहायक क्षेत्रीय प्रबन्धक रविन्द्र शाक्यको उपस्थिति कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा अतिथिहरुलाई शाखा प्रमुख जयराम धितालले स्वागत गरेका थिए । त्यस्तै विकास अधिकृत प्रसन्न कपालीले स्वागत मन्तव्य दिएका थिए ।

कम्पनीले चेयरपर्सन क्लव बिजेता, शाखाबाट सञ्जालतर्फ उत्कृष्ट तीन जना, प्रत्यक्षतर्फ तीन जना, एजेन्सी कार्यालय प्रमुख दुई जना गत साउन महिनामा सञ्चालित चन्द्रागिरी स्कीम बिजेता दुई जनालाई सम्मानित गरिएको हो ।

निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनीको रुपमा ३५ वर्ष पुरानो कम्पनीमा कार्यरत सिनियर एजेन्सीहरुलाई पुनर्ताजगी तालिम समेत दिइएको थियो । कार्यक्रममा तिहार, छठ तथा नेपाल सम्वतको शुभकामना आदान प्रदान गरेर मनाइएको सो शाखाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*