पाँचौं बार्षिकोत्सवको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम

१ कार्तिक २०७९, मंगलवार २१:५९

बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आज कार्तिक १ गतेका दिन रुपन्देही जिल्लाको तिलोत्तमा–१३ करौजियामा रहेका धार्मिक क्षेत्रमा कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजरहरुको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

कम्पनीमा कार्यरत सिनियर एजेन्सीहरुले विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा र दुर्गा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको सो कम्पनीले जनाएको छ । कम्पनिले भोलि कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ । यस अवसरमा कम्पनीले देशैभरि सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्य रुपमा मनाउने निर्णय गरेको थियो ।

विश्व शान्ति महाज्ञान बौद्ध गुम्बा समितिका अध्यक्ष नन्द प्रसाद गुरुङले कम्पनिले गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले गुम्बा समिति, समाज र संस्था बिच सुमधुर सम्बन्ध कायम हुने बिश्वास व्यक्त गरेका छन् । कम्पनिले आयोजना गरेको कार्यलाई सराहना गर्दै गुम्बाले समाजमा सबै समुदायका लागि विभिन्न सेवामुलक कार्य गर्दै आइरहेको संस्थाका सचिव मदन मोहन सिंह गुरुङ्गले बताए ।

सिटिजन लाइफको बार्षिकोत्सवकै अवसरमा करौजिया चोकमा रहेको दुर्गा मन्दिरका अध्यक्ष गोपाल काफ्ले कम्पनीले स्वतस्फुर्त रुपमा मन्दिर परिसरको सरसफाई कार्यक्रम गरेकोमा धन्यबाद दिए । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक नरेश सिग्देलले कम्पनिले बिगत पाँच बर्षमा देशका ७० जिल्लामा १४७ ओटा शाखाहरुबाट आफ्नो सेवा संचालन गरिरहेको र छिट्टै नै नेपालका सबै जिल्लामा जनतालाई जीवन बीमाको सर्वोत्तम सेवा दिन कम्पनीले आवश्यक तयारी गरिरहेको बताए ।

कार्र्यक्रममा परासी शाखाका प्रबन्धक दिपक थापा क्षेत्रीले अहिले कम्पनीले देशैभरि विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको बताउदै कार्तिक २ गते कम्पनीले रक्तदान कार्यक्रम आयोजना गरेकोले बुधबार विहानै भैरहवाको बर्मेलीटोल स्थित शाखामा उपस्थित भई रक्तदान गर्न आह्वान गरेका छन् ।

छोटो समयमा राम्रो कार्य सम्पादन गर्दै घर घरमा बीमाको पहुच पुर्याउने उदेश्य लिदै कम्पनीले समाजको अभिन्न अंगको रुपमा रही सानो लगानीमा ठुलो सुरक्षा दिइरहेकोले सबैले समयमै आफ्नो सुरक्षाको लागि आफ्नो क्षमताअनुसारको लगानी जीवन बीमामा गर्नुपर्नेमा भैरहवा शाखाका प्रबन्धक गिरिजा खनालले जोड दिए ।

कम्पनीका ब्याक अफिस कर्मचारी तेज पाण्डेले कम्पनीले आफ््ना बीमितहरुको सेवा र सुरक्षाको लागि दीर्घकालिन काम गरिरहेको बताउदै जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले बीमाको पहुच हरेक व्यक्ति समक्ष पुर्याउन करिब ४० हजार अभिकर्ताहरुको ब्यबस्था गरेको जानकारी गराएका थिएए । सबै बीमा अभिकर्ताले बीमा गर्ने मात्र नभई दावी भुक्तानी प्रक्रियामा पनि उत्तिकै सक्रिय हुनुपर्ने अफिस कर्मचारी मनिषा गौतमले बताईन।

सिटिजन लाइफका एमडिआरटी बिजेता, एजेन्सी म्यानेजर, युनिट म्यानेजरको सक्रियतामा संचालन भएको कार्यक्रम कार्तिक १ गते दिउसो ४ बजे देखि भलवारी शाखाको अग्रसरतामा संचालन भएको थियो । कार्यक्रमले समुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विद्यार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको शाखा प्रबन्धक रबिराज काफ्लेले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*