डिशहोममा एक वर्षको रिचार्ज गर्दा सिमराका राजन दाहालले पाएक एक लाख रुपैयाँ

३ कार्तिक २०७९, बिहीबार १४:३६

काठमाडौं । डिसहोमले अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने अफर समेत ल्याएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

यसैक्रममा डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप–महानगरपालिका वार्ड नं–१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् ।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ वाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*