५० प्रतिशतले घट्यो अभिकर्ता लाईसेन्स नविकरण, १ लाख ४७ हजारको मात्रै लाईसेन्स नविकरण

४ कार्तिक २०७९, शुक्रबार १३:०९

काठमाडौं । जीवन बीमा कम्पनीमा आवद्ध साढे १ लाख जना अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएका छन् । असोज मसान्तसम्मको तथ्यांक अनुसार यी अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएका हुन् । नयाँ ऐन लागु हुने भएसँगै अभिकर्ताहरु लाईसेन्स नविकरणमा सर्तकता देखिएका छन् ।

गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा ५० प्रतिशत अभिकर्ता लाईसेन्स नविकरण घटेको छ। नयाँ ऐन आउने भएसँगै विभिन्न प्रावधानहरुमा अभिकर्ताहरुलाई कडाई गरिएको छ। जसका कारण प्रत्येक अघिल्ला आर्थिक बर्ष झै यस बर्ष भने नविकरणमा अभिकर्ताको चासो नदेखिएको पाईएको छ।

यस बर्षदेखि बीमा समितिले लाईसेन्स नविकरण अनलाईनबाटै भर्न पाउने व्यवस्था गरिदिएको थियो । जसको कारण अभिकर्ताहरुको नविकरण अझै बढ्ने संकेत गरिएको थियो । तर यस बर्षदेखि नै बीमा प्राविधिकरण लागु हुने भएसँगै अभिकर्ताहरुले लाईसेन्स नविकरण नगराएको देखिन्छ ।

समयअवधि सकिएका कारण अभिकर्ताले लाइसेन्स नविकरण गराउन पाउदैनन् । नविकरण गराउन नपाएकाहरुले पुनः नयाँ लाइसेन्स लिनु पर्नेछ ।यस अवधिसम्ममा सर्वाधिक धेरै नेपाल लाइफमा २५हजार ४९९ जनाले नविकरण गरेका छन् ।

त्यस्तै दोस्रो धेरै युनियन लाइफमा १५ हजार १६९ जनाले नविकरण गरेका छन् । सिटिजन लाइफमा १२ हजार ५२४ जना, एशियन लाइफमा ११ हजार ५३२ जना, आइएमई लाइफमा ९ हजार ४० जना, सन नेपाल लाइफमा ८ हजार ४८ जना, ज्योति लाइफमा ७ हजार ८४६ जना, सूर्या लाइफमा ६ हजार ८०७ जना, मेट लाइफमा ६ हजार ६२७ जना, रिलायन्स लाइफमा ६ हजार ४९२ जना, नेशनल लाइफमा ६ हजार ३९६ जना, गुराँस लाइफमा ५ हजार ५१७ जना, महालक्ष्मी लाइफमा ५ हजार २६९ जना, प्रभु लाइफमा ४ हजार ३३७ जना, सानिमा लाइफमा तीन हजार ८३५ जना, प्राइम लाइफमा तीन हजार ७०३ जना, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा तीन हजार ६३२ जना, राष्ट्रिय बीमा संस्थानमा २ हजार २८५ जना र रिलायबल नेपाल लाइफमा एक हजार ९६ जनाले अभिकर्ता लाइसेन्स नविकरण गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*