सिटिजन लाइफद्धारा राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली, बीमा जागरणमा पाईला अघि बढाउन आह्वान

५ कार्तिक २०७९, शनिबार १२:०५

काठमाडौं । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले आज विहान राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीहरुले जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित नगर परिक्रम गरेर जनतालाई बीमा सचेतना जगाउने प्रयत्न गरेका छन् ।

थापाथलीस्थित शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयबाट सुरु भएको बीमा सचेतना र्याली माइतीघर, बबरमहल हुँदै नयाँ बानेश्वरमा पुगेर पुनः थापाथली फर्केका थियो । बीमा सचेतना सम्बन्धी प्लेकार्ड, तुल ब्यानर, छाता तथा मस्कटसहित निकालिएको र्यालीमा ३०० जना भन्दा बढि कर्मचारी तथा बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

पाँचौं बार्षिकोत्सवको अवसरमा आयोजित र्यालीलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले बीमा कर्मचारी तथा अभिकर्ताहरुलाई बीमा सचेतना फैलाउन निर्देशन दिए । उनले बीमा सचेतनाबाट मात्रै नेपालमा विकासको विकास र देशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै व्यक्तिगत विकाससँगै देश विकास अनि जनतालाई बीमाद्धारा रक्षावरण गर्न गाउँ गाउँमा बीमा सचेतना पुर्याउन आह्वान गरे । सिईओ पौडेलले बीमाकर्मीहरुको हरेक पाइला समाज र देश विकासको लागि अगाडि बढ्नुपर्ने बताउँदै जनताको सुरक्षाको अभियानमा बीमा जागरण अभियान चलाउन आह्वान गरेका छन् ।

नारा जुलुससहित बीमा सचेतना र्याली सम्पन्न भएपछि उपस्थित सबैलाई कम्पनीको तर्फबाट प्रमुख व्यवसाय अधिकृत भुषण रिमालले धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीले बार्षिकोत्सव एक सातासम्म विभिन्न कार्यक्रमहरु गरेर मनाएको जनाएको छ । यही कार्तिक २ गते परेको बार्षिकोत्सव कार्तिक १ गतेदेखि नै सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको थियो ।

 

सो क्रममा रक्तदान कार्यक्रमहरु, मन्दिर सरसफाई कार्यक्रमहरु, खाद्यान्न तथा लत्ताकपडा वितरणका कार्यक्रमहरु सम्पन्न गरिएको कम्पनीले जनाएको छ । विगतका वर्षहरुमा कोरोना महामारीका कारण खुलेर बार्षिकोत्व मनाउन नपाएको कम्पनीले यस वर्ष मस्कट, विभिन्न सांस्कृतिक पोशाकमा सजिएर प्लेकार्ड तथा ब्यानरसहित मनाएको हो ।

कार्यक्रममा सहभागीहरुले उत्साहप्रद रुपमा बीमा सचेतनाको जगाउने नारा समेत लगाएका थिए ।

बीमा सचेतना र्यालीको भिडियो तथा फोटो फिचर हेरौं ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*