सानिमा जिआईसी इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम (भिडियो–फोटो फिचर)

७ कार्तिक २०७९, सोमबार १७:४५

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्योरेन्स कम्पनी मिलेर बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको आजबाट एकीकृत कारोबार सुरु भएको छ । सोमबार विहान ९ः२४ बजेको साइतमा लक्ष्मी पुजाको दिन पारेर प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पानसमा एक पटक दुई जोर बत्ति बाले । लगत्तै मञ्चमा राखिएको ब्यानर अनावरण गरियो । केहीअघि सम्म सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनका रुपमा रहेका कम्पनीहरु अब सानिमा जिआईसी इन्स्योरेन्स लि. मा रुपान्तरण भइसकेका थिए ।

ब्यानर अनावरणपछि प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिकै निर्देशक सुशिलदेव सुवेदी, सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेमराज लामिछाने, सिईओ सुद्युम्न उपाध्याय, जनरल इन्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयाल तथा सिईओ रामचन्द्र श्रेष्ठको उपस्थितिमा एकीकृत कम्पनीको ब्यानरमा राखिएको रिवन काटेर उद्घाटन गरे लगत्तै तालीले स्वागत गरियो ।

एकीकृत कम्पनीको उद्घाटन गरिसकेपछि अब पालो एकीकृत कारोबारको थियो । बीमा समितिका अध्यक्ष सिलवालले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले जनरल मार्केटिङको नाममा बिक्री गरेको पहिलो पोलिसी काटेर शुभारम्भ गरे । तेस्रो पक्ष बीमा सम्बन्धी पोलिसी अध्यक्ष सिलवालले पहिलो पोलिसीको रुपमा काटेर आज औपचारिक रुपमा एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

त्यस लगत्तै अध्यक्षमा चयन भएका कुनाल कयालले सानिमा जिआईसी कम्पनीको अध्यक्ष पदमा बीमा समितिका अध्यक्ष सिलवालले पद तथा गोपनियताको शपथ खुवाए । दुई कम्पनी एक भएपनि नाम फेरिएको थियो । त्यसैले बीमा समितिले नयाँ लाइसेन्स दिएको थियो । सोही समारोहमा बीमा समितिका तर्फबाट अध्यक्ष सिलवालले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयाललाई लाइसेन्स हस्तान्तरण गरे । कार्यक्रममा मर्जरमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानित गरियो ।

कार्यक्रममा एकीकृत बनेको सानिमा जिआईसी इन्स्योरेन्सका सिईओ सुद्युम्न उपाध्यायले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्दाकै बखतमा तोकिएको मितिमा मर्जर गर्न सफल भएको बताउँदै नियामक निकायका निर्देशनहरु पालना गरेर कम्पनीलाई अझै समृद्ध र सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिईओ उपाध्यायले भने ‘बीमा क्षेत्रमा लामो अनुभव भएका कर्मचारीहरु तथा व्यवसायिक दक्षता हासिल गरेको सञ्चालक समितिको निर्देशनमा यस कम्पनीले नियामक निकायको निर्देशन र भिजनलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रण गर्दछौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्षम खेमराज लामिछानेले बीमा समितिले आगामीदिनमा कर छुट तथा अन्य सुविधाहरु प्रदान गर्न आवश्यक भूमिका खेल्न माग गरे । अध्यक्ष लामिछानेले आफूहरुले नियामक निकायको निर्देशन अक्षरसः पालना गरिएको र आगामी दिनमा नियामक निकायले सञ्चालनको प्रक्रियामा वित्तीय कोष, लेखाङ्कन, व्यवसाय आदिका लेखाङ्कनमा सहजिकरण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा जिआईसीका अध्यक्ष कुनाल कयालले नियामक निकायको पुँजि बृद्धिको नीति अघि सारेपछि गरिएको मर्जरपछि कम्पनीले लगानीकर्तालाई उचित प्रतिफल दिने गरी आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाए ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*