एकभन्दा बढी कम्पनीमा आवद्ध अभिकर्तालाई हटाउन बीमा प्राधिकरणको निर्देशन, अभिकर्ता आफैले कम्पनी छान्न पाउने

२४ कार्तिक २०७९, बिहीबार १९:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताहरुलाई एक कम्पनी छनोट गर्न निर्देशन दिएको छ। बीमा ऐनमा नै एक बीमा अभिकर्ताले एउटा बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था छ ।

अभिकर्ता आफैले कम्पनी छान्न पाउने नयाँ ऐनमा व्यवस्था छ । बीमा अभिकर्ता स्वयंमले एउटा बीमा कम्पनी छान्न पाउने व्यवस्था रहेको छ।
बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को उपदफा (७) बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ता इजाजतपत्र दिईनेछ भन्ने व्यवस्था रहेको हुदा प्राधिकरणले यस निर्देशन दिएको जानकारी दिएको छ।

प्राधिकरणले उक्त ऐन बमोजिम बीमकमा आवद्ध बीमा अभिकर्ताहरुलाई स्वेच्छिक छनोट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गराउन र सोको जानकारी प्राधिकरणमा गर्न नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशन मार्फत जानकारी गराएका छन्।

यता अभिकर्ताहरुले भने एक जना अभिकर्ता एउटा मात्रै कम्पनीमा काम गर्न मिल्ने व्यवस्था अदालतको आदेश र अभिकर्ताहरुको पेशागत अधिकारको विरुद्ध रहेको भन्दै यसले आफूहरुलाई मात्रै नभएर बीमा क्षेत्रलाई पनि घाटा हुने बताउँदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*