बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा, शैक्षिक योग्यताको बिषय के होला ?

९ मंसिर २०७९, शुक्रबार १३:३८

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको छ।

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको पुरानो पाठ्यक्रममा नयाँ बीमा ऐन समेत समेट्ने गरि तयार गर्ने तयारीमा रहेको छ । यसअघि बीमा अभिकर्ताहरुले तालिम लिएर योग्य भएपछि लाईसेन्स लिने व्यवस्था रहेको थियो ।

बीमा अभिकर्ता पेशामा भईरहेको विकृति हटाउन बीमा प्राधिकरणले बीमा अभिकर्ताको पेशालाई मर्यादीत बनाउन यस व्यवस्था गर्न लागिएको बीमा प्राधिकरणले जनाएको छ। प्राधिकरणले परिक्षा कार्यविधिमा समयअवधि, परिक्षाको पारदशिर्ता र गोप्नीयतालाई ध्यानमा राखेर अघि बढाउने प्रकृया समावेश गरेको छ।

प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुलाई नै हाललाई लाइसेन्स दिदा अनिवार्य परीक्षा लिन निर्देशन दिईसकेको छ। बीमा ऐन अउनु भन्दा अगाडी अभिकर्ताको परीक्षा लिने व्यवस्था थिएन । बीमा अभिकर्ता पेशालाई मर्यादीत र थप व्यवस्थित गर्न बीमा प्राधिकरणले ल्याएको परिक्षा कार्यविधिले बीमा क्षेत्रको व्यवसायमा सुधार आउने विश्वास बीमा समितिले लिएको छ । कार्तिक २१ गते पछि जीवन बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्स जारी गरेका छैनन् । अव जीवन बीमा कम्पनीहरुले परीक्षा लिन पाउने छन् । परीक्षामा न्युनतम ५० प्रतिशत ल्याउनु पर्छ । जसमा बन्दमुखी प्रश्नहरु रहनेछन् ।

बीमा क्षेत्रमा आएको विसङ्गती रोक्न प्राधिकरणले यस्तो निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाले बताए । कम्पनीले लिएको परीक्षालाई प्राधिकरणले अनुगमन गर्ने बीमा समितिले जनाएको छ। निष्पक्ष रुपमा परिक्षा लिन समेत बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिईसकेको छ।

हाल १८ घण्टाको आधारभुत तालिम लिएको व्यक्तिलाई अभिकर्ताको लाइसेन्स दिने गरिएकोमा अब भने छुट्टै परीक्षा पास गर्नु पर्ने भएको हो ।अहिलेको अवस्थामा एसलएसी वा एसईई उत्तीर्ण गरेर बीमा कम्पनीले यस सम्बन्धी १८ घण्टाको तालिम लिएकालाई अभिकर्ता लाइसेन्स दिने गरिएको थियो ।

अब छुट्टै पाठ्यक्रम बनाएर परीक्षा पास गरे पछि मात्रै लाइसेन्स दिने व्यवस्था गरिने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । लामो समयदेखि यस विषयलाई अगाडि बढाउन खोजिएको भए पनि पछिल्लो बीमा क्षेत्रमा भएको घटनाले यसको आवश्यकतालाई थप बढाएको उनको भनाई छ ।

प्राधिकरणले अभिकर्ताको परीक्षाका लागि सफ्टवेयर निर्माण गरिसके पछि बीमा नियमावली र कार्यविधि बनाउन ढिलाई हुने भएको कारण हाललाई बीमा प्राधिकरणले परिक्षाको जिम्मा कम्पनीहरुलाई दिएको प्राधिकरणे जनाएको छ।बीमा प्राधिकरणका अनुसार अभिकर्ताको न्युनतम योग्यता एसएलसी/एसईई उत्तिर्ण गर्नु पर्नेछ । अहिलेको लागि बीमा कम्पनीहरु आफैले परीक्षा लिए पनि नयाँ कार्यविधि पछि सफ्टवेयर मार्फत परिक्षा लिने तयारी भईरहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*