डडेलधुरामा नेशनल लाइफको तालिम तथा प्रशिक्षण सम्पन्न

११ मंसिर २०७९, आईतवार ०७:५५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय टोली डडेलधुरा पुगेर अभिकर्ताहरुलाई तालिम तथा प्रशिक्षण दिएको छ । कम्पनीले एक कार्यक्रमका बीचमा डडेलधुरास्थित राइनो होटलमा तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री शनिबार डडेलधुरा पुगेर १५० जना भन्दा अभिकर्ताहरुसँग तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । डडेलधुरास्थित आयोजित कार्यक्रममा सो जिल्लामा सक्रिया अधिकांश बीमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । सिईओ खत्रीले उनीहरुलाई तालिमसँगै उत्प्रेरणा समेत थपेका छन् ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका बीमा अभिकर्ताहरुलाइ अझ बढी ब्यवसायिक बनाउदै जीवनस्तरमा सकारात्मक परिबर्तन हुने र कम्पनीको ब्यवसाय समेत प्रबद्र्धन गर्दै लैजान आह्वान गरेका छन् ।

कार्यक्रममा कम्पनीका मार्केटिङ विभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका छन् ।

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*