जीवन बीमा अभिकर्तामाथि थप कडाई गर्दै बीमा प्राधिकरण, अभिकर्तालाई प्यान र उद्धोष पत्र अनिवार्य

१३ मंसिर २०७९, मंगलवार १८:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवस्थामा थप कडाई गरेको छ । प्राधिकरणले अभिकर्ताहरुको दर्ता तथा नविकरण कार्यको लागि स्थायी लेखा नम्बर र उद्धोष पत्र अनिवार्य पेश गर्न निर्देशन दिएको छ।
समितिले बीम ऐन, २०७९ को दफा ९१ मा बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमाको बीमा अभिकर्ता इजाजतपत्रलाई कार्यान्वयन गर्न, अभिकर्तालाई अनिवार्य स्थायी लेखा नम्बर प्यान र संलगन बमोजिम उद्धोष पत्र अनिवार्य पेश गर्न निर्देशन दिएको छ।नयाँ बीमा ऐन २०७९ बमोजिम कुनै पनि अभिकर्ता एक भन्दा बढी बीमा कम्पनीमा आबद्ध हुन नपाउने व्यवस्था गरेको छ । सोही बमोजिम प्राधिकरणले अभिकर्ताको आबद्धता परिक्षण गर्न यस्तो प्रणाली लागू गर्ने भएको हो ।

प्राधिकरणका अनुसार यस अघि बीमा अभिकर्ताको लाईसेन्स लिईसकेका अभिकर्ताको हकमा आगामी चैत मसान्तसम्ममा कुनै एक कम्पनी छनौट गर्न दिईनेछ । त्यस्तै, नयाँ लाईसेन्स लिने अभिकर्ताको हकमा भने शुरुवातमा नै कम्पनी तोकेर नै अभिकर्ताको लाईसेन्सका लागि आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*