बीमा अभिकर्ताहरुले एउटा कम्पनी छनोट गरि बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र पेश गनुपर्ने

१४ मंसिर २०७९, बुधबार १२:०८

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताहरुले नेपाल बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र बु्झाउनुपर्ने भएको छ । प्राधिकरणले यसअघि दिएको निर्देशन अनिवार्य रुपमा पालना गर्दै प्रतिवद्धता पत्र बुझाउन बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको हो ।

नेपाल बीमा प्राधिकरणले एक कम्पनी मात्रै छनोट गरि प्राधिकरणमा अनिवार्य पत्र पठाउन आग्रह गरेको छ । बीमा क्षेत्रमा विसङ्गी बढेको भन्दै प्राधिकरणले बीमा अभिकर्ता पेशालाई मर्यादित बनाउन यस्तो व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।

नयाँ बीमा ऐन २०७९ बमोजिम कुनै पनि अभिकर्ता एक भन्दा बढी बीमा कम्पनीमा आबद्ध हुन नपाउने व्यवस्था गरेको छ । सोही बमोजिम प्राधिकरणले अभिकर्ताको आबद्धता परिक्षण गर्न यस्तो प्रणाली लागू गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*