बीमा प्राधिकरणद्धारा मुद्धती निक्षेपमा लगानी गर्न बैंकहरुलाई सिलबन्दी प्रस्ताव पेश आह्वान

५ पुष २०७९, मंगलवार ११:११

काठमाडौं । बीमा प्राधिकरणले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न वाणिज्य र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

प्राधिकरणले विकास र वाणिज्य बैंकहरुलाई आफुले उपलब्ध गराउन सक्ने अधिकतम ब्याज, बैंकको कर्जा निक्षेप अनुपात, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण लगायतका कागजात सहित सूचना प्रकाशित मितिले ७ दिन भित्रमा सिलबन्दी दरभाउपत्र पेस गर्न आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*