बीमा अभिकर्ताको परिक्षा सम्बन्धी कार्यविधि जारी, अनलाईनबाटै परिक्षामा सहभागी हुने देखि परीक्षा रद्दसम्म नयाँ व्यवस्था (निर्देशिका सहित)

१९ पुष २०७९, मंगलवार १३:२५

काठमाडौं । बीमा प्राधिकरणले (अभिकर्ताको) परिक्षा संचालन सम्बन्धी निर्देशिका जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता परिक्षालाई व्यवस्थित गर्न यस निर्देशिका जारी गरेको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अभिकर्ताहरुले अनलाईन माध्यमबाट परिक्षामा अनिवार्य सहभागी हुन्ुपर्ने व्यवस्था रहेको छ।प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरि संचालक समितिको देहायक बमोजिम यस निर्देशिका जारी गरेको जनाएको छ। । नयाँ निर्देशिका अनुसार बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन प्राधिकरणबाट तयार गरिएको अनलाइन पोर्टल मार्फत् निवेदन पेश गर्नुपर्नेछ ।त्यस्तै, (२) उपदफा (१) बमोजिमको निवेदनसाथ योग्यता तथा बीमा अभिकर्ताको तालिम लिएको प्रमाण तथा कागजातको प्रमाणित प्रतिलिपि संलग्न गरी पेश गर्नुपर्नेछ ।

त्यस्तै, परीक्षार्थीले आफूले सहभागी हुन चाहेको परीक्षा कार्यक्रमको लागि परीक्षा शुल्कबापत पाँचसय रुपैयाँ तोकिएको विद्युतीय भुक्तानी सेवा प्रदायक (अनलाइन पेमेन्ट गेटवे) मार्फत् प्राधिकरणको बैक खातामा भुक्तानी गर्नुपर्नेछ ।

प्राधिकरणले निर्देशिका बमोजिम (३) उपदफा (१) बमोजिमको परीक्षा शुल्क भुक्तानी गरिसकेपछि कुनै विशेष कारणले परीक्षामा सहभागी हुन नसकेको परीक्षार्थीले उक्त परीक्षामा सामेल हुन नसक्नुको कारण खुलाई प्राधिकरणमा निवेदन पेश गरेमा र सो कारण मनासिब देखिएमा प्राधिकरणले निजको परीक्षाको लागि अर्को व्यवस्था गर्न सक्नेछ ।

उपदफा (३) बमोजिमको निवेदन उपर प्राधिकरणले सामान्यतया पन्ध्र दिनभित्र निर्णय गरिसक्नुपर्नेछ ।परीक्षा सञ्चालनः (१) बीमा अभिकर्ताको परीक्षा विद्युतीय माध्यम (अनलाइन) बाट सञ्चालन गरिनेछ । परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नुपर्नेछ ।

परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेटको वैकल्पिक व्यवस्था ( ब्याकअप) परीक्षार्थी स्वयंले गर्नुपर्नेछ ।परीक्षालाई मर्यादित, अनुशासित तथा व्यवस्थित गर्नको लागि परीक्षा सम्बन्धी आचारसंहिता परीक्षा समितिले तोकिदिए बमोजिम हुनेछ ।उपदफा बमोजिमको आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजत पत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्नेछ । यसरी परीक्षा रद्द गरिनुको कारण बारे परीक्षार्थीलाई जानकारी गराउनु पर्नेछ ।

बीमा मध्यस्कर्ता (अभिकर्ता ) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९

 

Agent-Exam

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*