३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
२० पुष २०७९, बुधबार ११:०१

काठमाडौं । बुुधवारको दिन सुनको मुल्य तोलामा ३ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ९ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोेर १ लाख २ हजार २४ सय रुपैयाँ निर्धारण भएको छ

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।












