चन्द्रागिरी हिल्सको साधारण सभा सम्पन्न, यी प्रस्ताव पारित भए

२१ पुष २०७९, बिहीबार १३:१७

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोेट पसिरदमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*