चन्द्रागिरी हिल्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा हेमराज ढकाल
२२ पुष २०७९, शुक्रबार १०:२५

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ संचालकहरु चयन भएका हुन् ।
कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उमा विष्ट जिसी र प्रेमराज जोशी स्वतन्त्र संंचालकमा रहेका छन् ।
साथै साधारण सभा सम्पन्न पश्चात् कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा हेमराज ढकाललाई आगामी चार वर्ष कार्यकालका लागि नियु्क्त गरेको छ ।












