८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२२ पुष २०७९, शुक्रबार १०:५६

काठमाडौं । शुक्रवारको दिन सुनको मुल्य तोलामा ८ सय रुपैयाँले मूल्य घटेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य २ सय रुपैयाँले बढेको र चाँदीको मुल्य १५ रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनकोे १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।












