सरकारले आज न्यूनतम साझा कार्यक्रम घोषणाा गर्दै, कार्यदलकाे बैठक सुरू

२२ पुष २०७९, शुक्रबार १२:१०

काठमाडौं । सरकारको न्यूनतम साझा घोषणा गर्नेू भएको छ। कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा जुटेको कार्यदलको बैठक सुरु भएको छ । अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो । आजको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासनको बिषयहरु समेटिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*