मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

२२ पुष २०७९, शुक्रबार १२:२५

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको हो ।

आज आयोजित कार्यक्रमममा लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा २०७९ माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा २०७९ माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय सरकारले गरेको बताए ।
मंसिर ४ को निर्वाचनमा झडप हुँदा बाजुरामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कमोडिया आगलागी भएर मृत्यु भएको परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*