रिलायन्स लाइफका एमडिआरटी बिजेताहरु सम्मानित, गोकर्ण रिसोर्टमा उत्प्रेरणामूलक तालिम सम्पन्न

२४ पुष २०७९, आईतवार ०९:५९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवसाय गरे बापत एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई तालिम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भव्य कार्यक्रमका सिईओ राकेश पोखरेल, उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा काठमाडौंको गोकर्ण रिसोर्टमा भव्य कार्यक्रमका बीचमा तालिम समेत सम्पन्न गरेको छ ।

गत शुक्रबार सम्पन्न कार्यक्रममा कम्पनीबाट एमडिआरटी बिजेता, सिओटी बिजेता तथा टिओटी बिजेता २० जनाभन्दा बढि एजेन्सी तथा अभिकर्ताहरुलाई सिईओ राकेश पोखरेलले पुरस्कार तथा सम्मान गरेका थिए ।

 

कार्यक्रममा चार पटक एमडिआरटी, सिओटी र टिओटी बिजेता कम्पनीकी सर्वोत्कृष्ट एजेन्सी नमिता न्यौपाने, तीन पटक एमडिआरटी बिजेता बिना न्यौपाने, दुई पटक एमडिआरटी बिजेता रश्मी गिरी, कमल प्रसाद दाहाल, सिता खनाल, दुर्गा थापा, तिर्था घिमिरे, आस्था ओली लगायतका एजेन्सीलाई सम्मानित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*