नेपाल लाइफका २४३ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

२५ पुष २०७९, सोमबार ०८:०४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पौष २४ गते काठमाडौंको हायत प्यालेसमा देशैभरिबाट एमडिआरडी बिजेताहरुलाई भेला पारेर विशेष सम्मान तथा पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सन् २०२२ को जनवरी देखि डिसेम्वर अन्तिम दिनसम्म एमडिआरटीको लागि तोकिएको लक्ष्य पूरा गर्ने २४३ जना बीमा अभिकर्ताहरु एमडिआरटी २०२३ का लागि छनौट भएका छन् । यसरी छनौट भएका अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको हो । सो कार्यक्रममा एमडिआरटी, सिओटी र टिओटी बिजेताहरु सहभागी भएका थिए । यस वर्ष एमडिआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका थिए । कम्पनीमा कार्यरत २४३ जना अभिकर्ताहरुले सो उपाधी जितेका छन् । सो मध्ये थुप्रैपले सिओटी टिओटी समेत बिजेता भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष कारणले देश बाहिर रहेका सिईओ प्रविनरमण पराजुलीले भर्चुअल्ली सहभागिता जनाएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले उनीहरुकै अथक मेहनत, परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कम्पनी बनाउन अभिकर्ताहरुको थप भूमिका आवश्यक रहेको बताएका थिए । सिईओ पराजुलीले नेपाल लाइफको आजको सफलतामा बीमा अभिकर्ताहरुको योगदान अतुलनीय रहेको बताउँदै आगामी दिनमा पनि अभिकर्ताहरुबाट अझै थप योगदानको अपेक्षा गरिएको बताए । कार्यक्रममा महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका कार्यक्षेत्रमा खटिदा बीमा अभिकर्ताहरुले खेल्नुपर्ने भूमिका र दायित्वको विषयमा बीमा अभिकर्ताहरुलाई दिक्षित गरेका थिए ।

सो कार्यक्रममा नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गर्नु भएकी पुर्णिमा श्रेष्ठ कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भई आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरहरुको सम्बन्धमा प्रकाश पारेकी थिईन् । कार्यक्रममा बोल्दै श्रेष्ठले मान्छेले प्रगती गर्नका निम्ति आफु संगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने भन्दै अभिकर्ताहरुलाई हौसला र प्रेरणा प्रदान गरेकी थिइन् ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालल कार्यक्रममा सम्मानित हुने एमडिआरटी बिजेताहरुलाई बधाई दिँदै आगामी दिनमा समेत कम्पनी व्यवस्थापन अभिकर्ताहरुको सहजकर्ताको रूपमा प्रस्तुत हुने बताउदै आगामी वर्ष अझ बढी संख्यामा अभिकर्ताहरुलाई सम्मानित गर्न पाउने गरी टिम वर्कमा काम गर्नु आह्वान गरेका छन् ।

नेपाल लाइफ देशकै सबैभन्दा उत्कृष्ट कम्पनी हो । २०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*