कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

१ माघ २०७९, आईतवार ०८:०२

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको देशव्यापी महिला शसक्तिकरण अभियान जारी छ । गत पौष ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा महिला लक्षित तालिम कार्यक्रम संचालन भएको छ । महिलाहरुलाई बीमा जागरणमा सहभागी गराई बीमाको पहुँच बृद्धिका लागि फलदायी भएको कम्पनीले जनाएको छ ।

पौष २२ गते सिप विकास तालिम केन्द्र कुस्माको सभाहलमा कार्यालय प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । महालक्ष्मी लाईफका धौलागिरी प्रमुख तथा प्रमुख अतिथि जमुना आचार्यले यस किसिमको शिपमुलक तालिमले महिलामा काम गर्न र आत्मनिर्भर हुन मद्दत हुने बताए।

त्यस्तै, पौष २४ गते रौतहटको गौर नगरपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । महिला नेतृ उमा झा को अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रमममा कम्पनीका गौर प्रमुख राजेश कुमार साहले स्वागत गरेका थिए । कूल ६५ जनाको सहभागिता रहेको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बजार बिभाग प्रमुख प्रशान्तराज धमलाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै प्रशिक्षण दिइएको थियो ।

धनुषाको ढल्केवरमा पनि पौष २५ गते महिला सशक्तिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । स्थानिय जन प्रतिनिधि र महिला समेत ११५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत गरेको सो कार्यक्रमको संचालन रोहन घतानीले गरेका थिए ।

पौष २६ गते इटहरीको आईटिसी इन्टरनेशनल ट्रेनिङ सेन्टरमा ४० जना महिलाहरुलाई रोजगारी र आय आर्जन सम्बन्धी तालिम प्रदान गरियो । महिला सौन्दर्य सम्बन्धी क्षेत्रमा कार्यरत महिलाहरुलाई महालक्ष्मी लाईफ विर्तामोड शाखाको सहकार्यमा तालिम प्रदान गरिएको थियो। कमलमान सिँह चौहानले संचालन गरेको सो कार्यक्रममा पवित्रा बस्नेत र कम्पनीका उपक्षेत्रिय प्रमुख गुञ्जन थापाले कार्यक्रमको महत्व बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*