१० दिनमै एमडिआरटी लक्ष्य पुरा गर्न सफल भईन रिलायन्सी लाइफकी नमिता न्यौपाने, नमुना एजेन्सी बन्दै

८ माघ २०७९, आईतवार ०९:३१

काठमाडौं । मानिसले गरे के हुँदैन र ? दृढता, अठोट, निरन्तरता र लगावलाई बीमा व्यवसायको मूल मन्त्र मानेर काम गर्दै आएकी रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् । नमिताले पाँचौं पटक एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । यसअघि सन् २०२१, २०२२ र २०२३ का लागि सिओटी र टिओटी समेत लक्ष्य पुरा गरिसकेकी छिन् ।

बीमा व्यवसायमै आबद्ध भएर गत वर्ष अमेरिकामा पुगेर एमडिआरटीको बार्षिक बैठकमा भाग लिन सफल भएकी नमिताले सन् २०२३ को पहिलो १० दिनमै एमडिआरटी लक्ष्य पूरा गर्न सफल भएकी हुन् ।

विराटनगरमा रहेर काम गर्दै आएकी नमिता बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल नमुना एजेन्सी म्यानेजर हुन् । उनले व्यक्तिगत कोड तथा टिममा समेत उल्लेख्य व्यवसाय गर्दै आएकी छिन् । बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरले नुमना एजेन्सी म्यानेजरको रुपमा समेत नमितालाई लिने गर्दछन् ।

नमिताले सन् २०२३ को सुरुवातमै एमडिआरटी लक्ष्य पछ्याउन सफल भएर आफूलाई उत्कृष्ट एजेन्सी म्यानजेरको रुपमा स्थापित गर्न सफल भएकी छिन् । समाजसेवासँगै व्यवसायमा समेत सम्मिलित नमिता यसअघि गत वर्ष विराटनगर महानगरपालिकाको उप मेयर पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएकी थिईन् ।

बीमा क्षेत्रमा आबद्ध भएर अमेरिकादेखि अष्ट्रेलियासम्मको यात्रा गर्न सफल नमिता अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा सहभागितासँगै दक्षता र निपूर्णता समेत बढ्दै गएको छ । जसको परिणाम आगामी सन् २०२४ का लागि एमडिआरटी चयन हुन सफल भइसकेकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*