‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

२० माघ २०७९, शुक्रबार १२:४७

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ ।

हाल बीमा प्राधिकरणले परिक्षा सफट्वयर मार्फत नलिएको हुँदा उक्त अधिकार बीमा कम्पनीहरुलाई नै दिएको छ। जसको कारण हाल संचालनमा रहेका बीमा कम्पनीहरुले आफैले परिक्षा लिईरहेको छ।
यसअघि नयाँ लाइसेन्सको लागि बीमा अभिकर्ताहरु टाढा देखि काठमाडौंमा आउनुपर्ने बाध्ययता हटेको छ। बीमा कम्पनीका अभिकर्ताहरुको यो समस्या लामो समयदेखिको हो । प्राधिकरणले परिक्षामा सहभागी हुन दिएको आवेदन जाँच गर्न र परिक्षण गर्न अधिकार दिने तयारी भईरहेको छ ।

यसअघिको व्यवस्था अनुसार बीमा कम्पनीको प्रधान कार्यालयस्थित अभिकर्ता तालिम विभाग वा इजाजत विभागले अभिकर्ता इजाजत सम्बन्धी सबै कार्य गर्दै आएको थियो । तर अब भने प्रादेशिक कार्यालयले यो जिम्मेवारी पाउने भएको छ ।

प्राधिकरणले हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा प्रादेशिक, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश कार्यालय संचालनमा ल्याई सकेको छ । प्रदेश नम्बर १ मा प्रादेशिक कार्यालय संचालनमा ल्याउने तयारी गरेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*