एक लाख अभिकर्ताले बीमा प्राधिकरणमा पेश गरे आवश्यक विवरण, एक साता थप गर्ने तयारी

१५ फाल्गुन २०७९, सोमबार ११:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग मागेको आवश्यक कागजपत्र बुझाउने अन्तिम दिन आज हो । बीमा प्राधिकरणका अनुसार आजसम्ममा १ लाख बढी अभिकर्ताहरुले अध्यावधिक गराएका छन्।

हालसम्म १ लाख बढी अभिकर्ताहरुको विवरण कम्पनीबाट प्राप्त भईसकेको र बाँकि इन्ट्रि गर्न छुटेकाहरुको लागि एक साता समय दिने बिषयमा प्राधिकरणमा आज छलफल भईरहेको छ ।
गत वर्षमा एक लाख १ लाख ३५ हजार अभिकर्ताले लाइसेन्स लिएका थिए । उनिहरु सहित यस वर्ष २०७९ मा पनि लाइसेन्स लिएका अभिकर्ताले समेत लाइसेन्स नविकरण गर्नु पर्ने हुन्छ ।
बीमा ऐन २०७९ पछि परिक्षा प्रणालीबाट लाइसेन्स लिएका अभिकर्ताको हकमा भने यस वर्ष नविकरण गर्नु पर्दैन । बीमा ऐनले नै अभिकर्ताको लाइसेन्स तीन वर्षको हुने भन्ने व्यवस्था गरिदिएकाले नयाँ प्रणाली अनुसार लाइसेन्स लिएका अभिकर्ताहरुले नविकरण गर्नु पर्दैन ।

बीमा प्राधिकरणले २०७९ माघ ७ गतेदेखि अभिकर्ताहरुको विवरण पेश गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा विवरण इन्ट्रि नसकेपछि पुन समय थप गर्ने तयारी भईरहेको प्राधिकरणले जानकारी दिए ।
यदि बीमा कम्पनीहरुले अभिकर्ताको प्यान नम्बर सहितको विवरण प्रणालीमा इन्ट्रि नगरेमा अभिकर्ता लाइसेन्स नविकरण नहुने व्यवस्था गरिएको छ ।

हाल संचालनमा रहेका बीमा कम्पनीहरुमा आवद्ध अभिकर्ताहरुलाई प्राधिकरणले तोकेको अवधिभित्र आफूले छनोट गरेको एक बीमा कम्पनीमा गई नागरिकता, प्यान नम्बर, पासपोर्ट साइजको फोटो र एसएलसी वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र फोटो सहितको विवरण पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणले नयाँ बीमा ऐन अन्तर्गत एक अभिकर्ता एक बीमा कम्पनीको अभियानलाई सफल पार्न प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई नै सहज होस् भन्ने हेतुले अपडेट गराउन लागिएको र यसले थप सहज र व्यवस्थित गर्ने कुरामा विश्वस्त रहेको बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बताए । उनले भने, बीमा कम्पनीहरुबाट अभिकर्ताहरुले आवश्यक डकुमेन्ट पेश गरेका छन् आउने क्रम केही जारी भएको कारण एक साता थप गर्ने तयारी भईरहेको उनले बताए ।
सम्पुर्ण कम्पनीहरुले यस्तो विवरण प्रणालीमा इन्ट्रि गरिसके पछि प्राधिकरणले डुब्लिकेसनको बिषयमा अध्ययन गरिने प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*