अभिकर्ताको कागजात अध्यावधि गर्ने समय एक साता थप, बाँकि भएकाको लाइसेन्स खारेज नहुने

१५ फाल्गुन २०७९, सोमबार १८:३४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरूको कागजात अध्यावधि गर्ने समय एक साता थप गरेको छ। प्राधिकरणको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको हो । यसअघि पनि प्राधिकरणले एक साता थप गरेको थियो ।

एक लाख ३ हजार अभिकर्ताहरुले आफनो व्यक्तिगत विवरण अध्यावधिक गरिसकेका छन् भने बाँकिको लागि फागुण २२ गतेसम्म समय दिएको छ । तर फागुण २२ गते होली पर्व परेको कारण २१ गतेसम्म अभिकर्ताले कागजात अध्यावधि गर्न पाउनेछन् ।

प्राधिकरणले यसअघि एक सूचना जारी गर्दै अभिकर्ताहरुलाई एक कम्पनी छनोट गने, प्यान र शैक्षिक प्रमाणत्र फागुणसम्म पेश नगरे नविकरण स्वतः खारेज गर्ने चेतावनी दिएको थियो । प्राधिकरणको यो निर्णयले आजसम्म आवश्यक कागजात नबुझाउने अभिकर्ताहरुको नविकरण खारेज हुनबाट रोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*