बीमा प्राधिकरणको नियमले बीमित र अभिकर्ता मारमा पर्यौंः अध्यक्ष तिवारी

२३ फाल्गुन २०७९, मंगलवार २०:००

काठमाडौं । बीमा प्राधिकरणको लागू गरेको बीमा अभिकर्ता सम्बन्धी नियमका कारण बीमित र अभिकर्ताहरु दुवै मारमा परेको पेशागत बीमा अभिकर्ताले जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले प्राधिकरणको अप्ठेरो नियमनले सिंगो बीमा क्षेत्रमा समस्या आएको र यसले भविष्यमा झनै भयावह अवस्था आउनसक्ने चेतावनी दिए ।

पेशागत अभिकर्ताहरुको छाता संगठनका अध्यक्ष तिवारीका अनुसार प्राधिकरणको अप्ठेरो र अव्यहारिक नियमका कारण बीमितलाई समेत अप्ठेरो परिरहेको छ । भक्तपुरमा आयोजित पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठनको कार्यक्रममा उनले प्राधिकरणको नयाँ नियमले मारमा परेको गुनासो गर्दै सर्वपक्षिय छलफलद्धारा समन्वय नगरे जीवन बीमा क्षेत्रमा नसोचेको परिणाम आउने चेतावनी दिए ।

बीमा प्राधिकरणले ल्याएको ‘एक कम्पनी एक बीमा अभिकर्ता’ नामक नाराले बीमा अभिकर्ता र बीमित दुबै मारमा परेको गुनासो पोखेका छन् । यसले बीमा अभिकर्ता मात्रै नभई बीमितको समेत इच्छाविरुद्ध भएको भन्दै कार्यक्रममा प्राधिकरणको नियम व्यवहारिक नभएको बताए । नयाँ नियम केही कम्पनीहरुलजाई फाइदा हुने भएपनि बीमित हितको कोणबाट हेर्दा सबैलाई घाटा रहेको बताए ।
त्यस्तै, उनले कार्यक्रममा संस्थागत बीमा अभिकर्ताले व्यक्तिगत बीमा अभिकर्ताहरुको रोजीरोटी खोस्ने हुँदा यसतर्फ पनि संघ थप गम्भीर हुनु आवश्यक रहेको बताए । उनले आगामी दिन बीमा अभिकर्ताहरुको लागि खतराको घण्टी बज्दै गएको बताए ।

‘बीमा प्राधिकरणको नियामावलीमा हामीले जीवना बीमा अभिकर्ता पेशालाई थप व्यवस्थित बनाउन विभिन्न बुँदा थप गर्न निर्देशन दिएका छौ । हामी सबै मिलेर प्राधिकरणले ल्याउन लागेको नियामावलीको बिषयमा जागरुत गराउन आवश्यक रहेको छ’ अध्यक्ष तिवारीले बताए ।

कार्यक्रममा बीमा अभिकर्ताले बीमितहरुलाई बीमा गराँउदा झूठा आश्वासन नदिन समेत कार्यक्रममा आह्वान गरेका छन् । उनले बीमा अभिकर्ता पेशालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको भन्दै त्यसको लागि अभिकर्ताहरु आफै इमान्दार र नैतिकवान हुन जरुरी रहेको बताए । बीमा कम्पनीहरुले जारी गर्ने बीमा पोलिसी अन्तर्गत नै बीमितलाई सहि सूचना दिएर बीमा गराए बीमाप्रतिको विश्वास बीमितमा थप बढ्ने सुझाव दिए ।

उनले कार्यक्रममा नयाँ कार्यसमितिलाई बधाई दिँदै अभिकर्ता पेशालाई थप मजबुत बनाउन सबैको हातेमाले हुनु जरुरी रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*