आयुर्वेदिक चिकित्सा पेशा छोडेर बीमा क्षेत्रमा रमाउँदै आइएमई लाइफका श्रेष्ठ, समाज सेवा र आम्दानी दुवैले जीवनको अर्थ फेरियो

रिना खत्री
३० फाल्गुन २०७९, मंगलवार १९:०५

काठमाडौं । विर्तामोडका नगेन्द्र श्रेष्ठ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेनजरका रुपमा कार्यरत छन् । श्रेष्ठको नाम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने उत्कृष्ट अभिकर्ताको सूचीमा पर्दछ । विगत पाँच बर्षदेखि श्रेष्ठ आइएमई लाइफको एमडिआरटी एच्यीभर हुन् ।

आयुर्वेद चिकित्सा पेशागर्दै आएका नगेन्द्र बीमा क्षेत्रमा प्रवेश गरेको पनि आज पाँच बर्ष पूरा भईसकेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकै मिलन दाहालको सिफारिसमा उनी पहिलो पटक बीमा अभिकर्ता पेशामा आवद्ध भएका थिए । उनले श्रेष्ठलाई बीमा अभिकर्ता बन्नका लागि जोड गरेका थिए । मिलन दाहालको मार्गदर्शन र स्वयम् आफैमा भएको इच्छालाई एकत्रित गरेर थापा अभिकर्ता बन्न पुगेका थिए ।

समयका हिसाबले अभिकर्ता पेशा उचित लागरे उनी यो पेशामा आए । अध्ययन गर्दै जादाँ अभिकर्ता पेशामा नै केही गर्न सकिन्छ भन्ने भावना जाग्यो । जीवन बीमा सम्बन्धि अध्ययन, अनुसन्धान गर्दै जादाँ श्रेष्ठमा विश्वास जागेको थियो कि यो पेशा पनि राम्रो पेशा हो, सम्मानित पेशा हो अनि वैधानिक आर्थिक कारोबार गरेरै मनग्य पैसा कमाउन अनि जनताको सेवा गर्न सकिन्छ भन्ने कुरा बुझे । बीमा बजारमा सक्षम अभिकर्ता भएर काम गर्न सक्छु भन्ने श्रेष्ठलाई लागेपछि उनी पूर्ण रुपमा समर्पिति भएर बीमा क्षेत्रमा सक्रिय बने ।
सुुरुमा त उनलाई अभिकर्ता पेशामा लागेर समाजमा आफुले सकेसम्म बीमा सम्बन्धि सचेतना फैलाउन सक्छु भन्ने मात्रै थियो । आयुर्वेदिक चिकित्सा क्षेत्रबाट अभिकर्ता पेशामा लागेका थापालाई आज यो स्थानसम्म आइपुग्छु भन्ने नै लागेको थिएन ।

उनले सोचे भन्दा बढी उपलब्धि यो क्षेत्रमा पाए । आफुले सोचेको भन्दा धेरैको साथ पाए, मान पाए, सम्मान पाए । “सूचनाको संवाहक भएर मात्र रहन्छु भन्ने थियो । म दौडन खोजेको जुन एउटा मिटर थियो, त्यो भन्दा बढी नै पार गरे भन्ने लाग्छ”, उनले विगत सम्झदै भने । बीमा क्षेत्रमा प्रवेश गेपछि आफुले सोचेको भन्दा पनि धरै सफलता पाएको श्रेष्ठको अनुभव छ ।

बीमा क्षेत्रलाई विशुद्ध क्षेत्र बनाउँछु भन्ने संकल्प लिएर अघि बढ्ने व्यक्ति अभिकर्ता हुन् । बीमाभित्र रहेर समाजको अध्ययन गर्नु, समाजले बीमा गर्ने घर परिवारले के कस्ता खालको बीमा पोलिसी खोजिरहेको छ, उसको खोजाई अनुसारको बीमा पोलिसी बुझाउने खालको क्षमता बीमा अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ ।

उनले बीमा अभिकर्ताको लाइसेन्स लिएपछि आफैबाट आजीवन बीमा योजना पोलिसी लिएर यो पेशा सुरु गरेका थिए । आफ्नै सुरक्षण नगरी कसरी बीमितको सुरक्षण गर्ने भनेर उनले आफैबाट सुरु गरेको अनुभव सुनाए ।उनले बीमा अभिकर्ताको लाइसेन्स लिएपछि आफ्नै बीमा गरी अभिकर्ता पेशाको यात्रा आरम्भ गरे । ‘सबैभन्दा पहिले आफु नै सुरक्षित भएर अरुलाई सुरक्षित बनाउँने सोचले पहिलो बीमा आफ्नै गरे’ सुरुवाती दिन सम्झदै उनले भने ।

बीमा अभिकर्तामा जोडिएको पाँच बर्षमा उनले दुई दर्जन बढी एमडिआरटी जन्माइसकेका छन् । हाल सिनियर एजेन्सी म्यानेनजरको जिम्मेवारी सम्हाल्दै आएका उनले प्रत्येक बर्ष उत्कृष्ट कारोबार गर्दै आइरहेका छन् । उनको प्रेरणाको स्रोत श्रीमती मिना श्रेष्ठले पनि उनको टिममा नै रहेर हाल आइएमई लाइफमा अभिकर्ता पेशामा आवद्ध भएर काम गरिरहेकी छिन् ।

बीमा अभिकर्ता भएको सुरुका विगत सम्झदै, उनले भने, सुरु(सुरुमा बीमितलाई बीमाबारे बुझाउने क्रममा निकै निरुत्साहित हुने गर्थे । मलाई यो पेशामा ल्याउने उत्प्रेरणा दिने मिलन दाहालले मलाई यस्ता पक्षलाई केलाएर अघि बढ्न हौसला दिँदै जानुभयो, म सिढी चढ्दै गएँ । उनको हैसला र सल्लाहले नै आज म यो स्थानमा रहेको श्रेष्ठ बताँउछन् ।

एक वर्षसम्म पार्टटाइम नै गरेर हेरे, सुरुको बर्षमा नै २० लाखसम्म खातामा रकम जम्मा भएपछि म अहिले फुलटाईम पेशाको रुपमा आवद्ध छु । आयुर्वेद पेशामा बिरामीहरुको उपचारबाट ज्यान जोगाउदै आएका श्रेष्ठ हाल यो पेशामा सन्तुष्ट रहेको बताँउछन् ।
पाँच वर्षदेखि निरन्तर अभिकर्ता पेशाको यात्रामा रहेका नगेन्द्र अहिले जीवन बीमा सम्बन्धी सन्देश बोकेर देशको विभिन्न स्थानमा पुग्ने गरेका छन् । बीमा क्षेत्रमा अभिकर्ताको ठूलो धर्म भनेको बीमा दाबी भुक्तानी हो । दाबी भुक्तानीमा मैले गराएको पहिलो स्मरण अझै ताजा नै छ, उनले भने ।

सुरुमा एकजना घडी पसलेको बीमा गराएको थियो । घडी बनाएर साधारण जीवनको गुजारा गरिरहेका उनलाई मैले बीमाको प्रस्ताव गरे । उनले बीमा गर्ने सहमतीमा आफूसँग भएको ६ हजार रुपैयाँ र बाँकि ६ हजार रुपैयाँ ऋण खोजेर बीमा पोलिसी लिए ।
बीमा पोलिसी लिइसकेपछि म पनि आफ्नै दैनिकीमा व्यस्त हुन लागे । चार महिनापछि मलाई एक व्यक्तिले उनको निधन भएको खबर सुनाए । मृतक बीमितले बीमा योजना खरिद गरेको जानकारीपछि उनले मलाई सम्र्पक गरेको बताए । मैले आवश्यक डकुमेन्ट सहित मृतकको परिवारलाई सात दिनमा दुई लाख ६ हजार रुपैयाँ बीमा दाबी भुक्तानी दिएको थियो । बीमा दाबी दिँदा मृतक कोईरालाको बुबाले आशु खसाल्दै दुखको साथी बीमा भएको भन्दै उक्त रकम लिएका थिए ।

बीमा अभिकर्ताहरु बीमा हुँदा वा नहुँदा सधैं बीमितको सम्पर्कमा आउनुपर्दछ । आज पनि उनको सम्र्पकमा म रहिरहेको छु, मलाई छोरा भनेर बोलाउनुहुन्छ, निकै खुसी लाग्छ । यो घटनाले मलाई बीमा अभिकर्तामा थप हैसला मिलेको छ । बीमा व्यवसायबाट समाजसेवा पनि भइरहेको रहेछ भन्ने बुझे । मैले पाँच बर्षको अवधिमा १० जनाको बीमा दाबी भुक्तानीको प्रक्रिया पुरा गरेर दिलाइसकेको छु । बीमा गराँउदा भन्दा पनि दाबी भुक्तानीमा बीमितको मुहारमा देखिएको खुसीले नै काम गर्न थप हैसला मिल्ने छ, उनले भने ।

अभिकर्ता पेशामा प्रवेश गर्न चाहने व्यक्तिहरुलाई लक्षित गर्दै थापाले अभिकर्ता पेशामा सम्भावना रहेको उनले बताए । नेपालको बीमा बजारलाई बुझेर यो पेशामा प्रवेश गर्ने व्यक्तिहरु सफल हुन सक्ने उनको तर्कछ । समय दिएर यो क्षेत्रमा भएका सम्भावनाका बारेमा अध्ययन गरेर, आत्म विश्वासका साथ यो पेशामा प्रवेश गर्नेहरुको भविष्य उज्वल हुनेछ ।

अभिकर्ता पेशाका जति नराम्रा पक्षहरु छन्, त्यति राम्रा पनि छन्, अभिकर्ता स्वतन्त्र पेशा हो, कसैको प्रेसरमा काम गर्नुपर्छ भन्ने छैन् । आफुले कति कमाउने हो, त्यो आफ्नो इच्छामा भर पर्छ, आफ्नो इच्छा अनुसार आम्दानी गर्न मिल्ने पेशा अभिकर्ता पेशा हो उनले भने ।
बीमा प्रस्ताव गर्नु पूर्व व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवश्यक्ताका बारेमा अध्ययन गरेर मात्रै बीमा प्रस्ताव राख्नुपर्ने श्रेष्ठले बताए । कुनै पनि व्यक्तिलाई बीमा प्रस्ताव लैजानु अघि उसको बारेमा जान्छु, बुझ्छु अनि मात्रै प्रस्ताव गर्ने गरेको उनले बताए ।

बीमा जोखिम रोकथाम गर्नका लागि गरिन्छ । नेपालमा बीमालाई नियमित बचत र सुरक्षाका दृष्टिकोणले हेरिन्छ, श्रेष्ठ भन्छन्, “बीमा नियमित बचत र सुरक्षा हो ।” बीमाको माध्यमबाट सानो सानो रकमले ठुलो रकम निर्माण हुन्छ । बीमा बुढेसकालको साहारा हो । साथै बीमाले बाल बच्चाको शिक्षादिक्षाको लागि सहयोग गर्छ।

बीमाको दायरामा सबैलाई समावेश गर्नका लागि सरकारकै ठुलो हात हुने उनले बताए । बीमा सचेतनाका कार्यक्रम सुगम क्षेममामात्र केन्द्रित हुनुहुदैन् । बीमा सचेतनाका लागि सञ्चालनमा ल्याइएका त्यस्ता खालका कार्यक्रमहरु दुर्गम एरियामा पनि पुग्नुपर्ने कुरामा उनले जोड दिए अझ सुदुढीकृत हुने उनको धारणा छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*