अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने

५ चैत्र २०७९, आईतवार १६:१२

काठमाडौं । अब चार भुक्तानी सेवामार्फत अनलाईनबाटै बीमा अभिकर्ता तथा सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउने भएका छन् । यसअघि कनेक्ट आइपीएसमार्फत मात्रै लाईसेन्स नविकरण गर्ने व्यवस्था थियो ।

एउटा मात्रै डिजिटल भुक्तानी सेवा प्रदायक सेवाबाट नविकरण शुल्क भुक्तानी भएको भन्दै बीमा प्राधिकरणले थप तीन संस्था प्लस गरेको छ। प्राधिकरणले ईसेवा, प्रभु पे, सेल पे र खल्तीलाई लाईसेन्स नविकरणको रकम भुक्तानी थप गर्ने डिजिटल भुक्तानी सेवा प्रदायक थप गरेको हो ।

गेट वे कम्पनी मार्फत अभिकर्ता नविकरण दस्तुर भुक्तानी गर्ने तथा उक्त भौचर सुरक्षित राख्न प्राधिकरणले निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*