अनलाइनबाट यसरी तिर्न सकिन्छ अभिकर्ता र सर्भेयरको नविकरण दस्तुर, यस बर्ष नविकरण गरे तीन बर्ष ढुक्क

रिना खत्री
६ चैत्र २०७९, सोमबार १७:१९

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने व्यवस्था आईतबारदेखि सुरु भएको छ । आईतबारदेखि बीमा प्राधिकरणले पाँचवटा अनलाईन भुक्तानी सेवा प्रदायक सेवामार्फत नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था मिलाईसकेको छ ।प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ताको व्यवस्थापनको कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायहरुबाट नबीकरण दस्तूर भुक्तानी गरी बीमा मध्यस्थकर्ता ९बीमा अभिकर्ता र सर्भेयर० को इजाजतपत्र नबीकरणको व्यवस्थालाई निरन्तरता दिएको छ ।

प्राधिकरणले कनेक्ट आइपीएस, आइएमई पे, ईसेवा, प्रभु पे, सेल पे र खल्तीलाई लाईसेन्स नविकरणको रकम भुक्तानी थप गर्ने डिजिटल भुक्तानी सेवा प्रदायक थप गरेको हो । यसअघि कनेक्ट आइपीएसबाट मात्रै बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था रहेको थियो ।

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त पाँच अनलाईन पेमेन्ट मार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको हो।

यसको लागि अभिकर्ताले सर्वप्रथम पहिला बीमा प्राधिकरणको वेवसाईटमा गएर ई सर्भिस र एजेन्सी आइकनमा किल्क गनुपर्ने हुन्छ । एक कम्पनीमा आवद्ध भएको विवरण भरेपछी जीवन र निर्जिवन बीमक कुन हो भनेर छान्नुपर्ने हुन्छ ।

इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नवीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टम ले नै क्यालकुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद पीडीएफ फम्र्याटमा प्रिन्ट गर्न सकिनेछ ।

संस्थागत बीमा सर्भेयरले अनलाईन पेमेन्छ मार्फत बीमा प्राधिकरणको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नवीकरण हुने व्यवस्था छ ।

त्यस्तै, नयाँ व्यवस्था अन्तर्गत संस्थागत अभिकर्ता पनि एक कम्पनी छनोट गनुपर्ने हुन्छ । संस्थागत अभिकर्ताले एक कम्पनी छनोट गरेको प्रमाण प्राधिकरणमा पेश गनुपर्नेछ । व्यक्तिगत बीमा सर्भेयरले भने अनलाईन भुक्तानी सेवा प्रदायकमार्फत नवीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नवीकरण हुनेछ ।

यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि प्राधिकरणकोे खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै प्राधिकरणको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिएको छ ।

व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नवीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टममा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिश भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा प्राधिकरणबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।

नवीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा प्राधिकरणको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने गत आर्थिक बर्षदेखि अन्त्य भएको छ।
अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्राधिकरणमा बीमकहरु मार्फत अनलाइन प्रणालीका माध्यमबाट हालसम्म १,६३,९२५ को संख्यामा बीमा अभिकर्ताले स्थायी लेखा नम्बर समेत आवश्यक कागजात समावेश गरी आ–आफ्नो विवरण अद्यावधिक गराएका छन् ।बीमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बीमा अभिकर्ताको सङ्ख्या २,२१,८५० रहेकोमध्ये १,६३,९२५ को अद्यावधिक भएको र बाँकी ५७,९२५ को भने अद्यावधिक गर्ने कार्य प्रक्रियामा रहेको छ ।

अनलाइन प्रणालीमा बीमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बीमा कम्पनीमा कार्य गर्ने बीमा अभिकर्ताहरुको संख्या ५,०४५ रहेको पाइएको छ । एकभन्दा बढी बीमकमा कार्यरत बीमा अभिकर्ताहरुलाई एउटा बीमक छान्न मिल्ने व्यवस्था ९यलभ(तष्mभ एबककधयचम ९इत्ए० मार्फत गरिएको छ ।

साथै, अनलाइन प्रणाली मार्फत बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको छ ।

यसरी गर्नुहोस् पेमेन्ट

बीमा प्राधिकरणको बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्नका लागि सबैभन्दा बीमा प्राधिकरणले तोकको अनलाईन भुक्तानी सेवा प्रदायकमा आफ्नो आइडी र पासवर्ड राखेर लगइन गर्नुहोस् ।

बीमा प्राधिकरणले तोकको चार अनलाईन भुक्तानी सेवा प्रदायक संस्था संस्था नभए प्ले–स्टोर वा एप्स स्टोरमा गएर डाउनलोड गर्नुहोस् ।

डाउनलोड पश्चात आफ्नो इमेल राखेर अकाउन्ट बनाउन सक्नुहुन्छ । अकाउन्ट खातासँग लिंक गर्न एकपटक बैंक जानुपर्छ (नयाँ प्रयोगकर्ताको हकमा) यसरी अकाउन्ट तयार पश्चात तलको प्रक्रिया मार्फत पेमेन्ट गर्न सक्नुहुन्छ ।

बीमा प्राधिकरण लगइन गर्ने,

पेमेन्ट ट्याबको सेमि गभर्मेन्टमा क्लिक गर्ने,

बीमा प्राधिकरणको लोगोमा क्लिक गर्ने,

एजेन्ट वा सर्भेयर कुन हो सोमा क्लिक गर्ने,

अन्य मागेका आफ्ना विवरणहरू सब्मिट गर्ने ।

अबदेखि अभिकर्ताले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

पूरानो ऐनमा प्रत्येक आर्थिक बर्षमा नविकरण गर्ने व्यवस्था रहेको थियो । बीमा प्राधिकरणको नयाँ ऐन अन्तर्गत बीमा अभिकर्ताले एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुन पाउनेछन् ।

यस आर्थिक बर्षमा अभिकर्ताहरुले लाईसेन्स नविकरण गराएको खण्डमा तीन आर्थिक बर्षसम्म मान्य हुने प्राधिकरणले जनाएको छ।बीमा अभिकर्ता तथा सर्भेयरले नविकरणको प्रकृया खोलेको अवधिदेखि चैत मसान्त भित्रमा लाइसेन्स नविकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

लाइसेन्स नविकरणका लागि बीमा प्राधिकरणमा धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै समितिले अनलाइन प्रणालीको विकास गरेको छ । गत आर्थिक बर्षदेखि अनलाईनबाटै नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था रहेको छ। जीवन बीमा अभिकर्ताले चैत मसान्तसम्ममा वार्षिक नविकरण गराउनु पर्ने हुन्छ । यदि नविकरण भएको छैन भने उक्त अभिकर्ताले पोलिसी बिक्री गर्न पाउदैनन्।

केही समस्या भए के गर्ने ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*