सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न, टिओटी कमल घिमिरेलाई बुलेट, सिओटी गौरव कुमार शाहीलाई विशेष सम्मान

१८ चैत्र २०७९, शनिबार २१:१३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।


कम्पनीमा उत्कृष्ट व्यवसाय गरी व्यवसायिक बीमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम टिओटीसिओटी विजेता बन्न सफल बुटवलका कमल प्रसाद घिमिरेलाई बुलेट मोटरसाइकलसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, सिओटी विजेता नेपालगन्जका गौरव कुमार शाहीलाई विशेष सम्मानित गरिएको छ ।


सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले टिओटी विजेता घिमिरेलाई बुलेट मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् भने सिओटी विजेता शाहीलाई विशेष सम्मानसहित पुरस्कार वितरण गरेका छन् । कार्यक्रममा देशैभरिबाट भेला भएका एमडिआरटी बिजेता उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरूलाई कार्यक्रममा सम्मानित गरिएको थियो । 


पुरस्कृत व्यक्तित्वहरुले आजको पुनर्ताजगी तालिम, सम्मान र पुरस्कार वितरणसँगै कार्य क्षेत्रमा खटिन थप हौसला मिलेको प्रतिक्रिया एजेन्सीहरुले व्यक्त गरेका छन् । धुलिखेलस्थित मिरावल होटलमा आयोजित कार्यक्रममा टिआअअ‍ेटी बिजेता घिमिरेले कम्पनीले अभिकर्तालाई प्रोत्साहन गरे झै एजेन्सी तथा अभिकर्ताहरु मेहनतसाथ कार्यक्षेत्रमा खटिन हौसला मिलेको बताए । त्यस्तै, सिओटी बिजेता शाहीले देशका दुर दराजमा पुगेर बीमाको प्रचार प्रसार गर्ने अभिकर्ता र एजेन्सीहरुलाई कम्पनीले माया गर्नुपर्ने र हौसलासँगै जनताको घर आँगनमा जान थप प्रोत्साहन मिलेको बताए ।


कार्यक्रममा कम्पनीका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश लिएर कार्यक्षेत्रमा सक्रिय हुन सहभागीहरुलाई आग्रह गरेका छन् । 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*