युनियन लाइफका बागमती प्रदेशभित्रका २५० भन्दा बढि उत्कृष्ट अभिकर्ता सम्मानित

१८ चैत्र २०७९, शनिबार २१:४५

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशस्तरीय अभिकर्ता भेला कार्यक्रम आज चितवनमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । बैंकर मनोज ज्ञवाली तथा मोटिभेशनल स्पीकर एलपी भानु शर्माको प्र्रशिक्षणसँगै सम्पन्न भएको कार्यक्रममा दुई सय ५० भन्दा बढि अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रदान गरिएको छ । 


काठमाडौंको होटल र्याडिसनमा आयोजित कार्यक्रममा कम्पनीका डेपुटी सिईओ कपिल कुमार दाहालको उपस्थितिमा मार्केटिङ प्रमुख माधव शर्मा र बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुङ्गानाले तालिम तथा प्रशिक्षण दिएका थिए । 


बागमति प्रदेशमा क्रियाशील २५ हजार अभिकर्ता मध्ये लक्ष्य पुरा गर्ने २५० जनालाई सो पुनर्ताजगी तालिम प्रदान गरिएको छ । कम्पनीले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई व्यवसायिक रूपान्तरण सम्बन्धी तालिम प्रदान गरिएको बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुङ्गानाले बताए । 


बागमती प्रदेशका उप प्रमुख राकेश महर्जनले सञ्चालन गरेको कार्यक्रममा बागमति प्रदेशकै उपप्रमुख अमर श्रेष्ठले गरेका थिए । आजको तालिम तथा सम्मानसँगै कार्यक्रममा खटिन आत्मबल वृद्धि भएको सहभागीहरूले जनाएका छन् । 

कार्यक्रम नबिल बैंकका डेपेटी सिईओ जनसम्बन्ध व्यवस्थापन र बजारिकरण बिक्री कलाबारे प्रशिक्षण दिएका थिए । त्यस्तै प्रख्यात मोटिभेशनल स्पीकर एलपी भानु शर्माले बजारिकरणमा उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए । शर्माले ज्ञान विना बिक्री सम्भव नभएकोले सबै अभिकर्ताहरूलाई बीमा पोलिसी अध्ययन, कम्पनीका अध्ययन गरेर बजारमा जान आग्रह गरेका थिए । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*