सानिमा रिलायन्स लाइफका एजेन्सी-अभिकर्तासँग नव नियुक्त सिईओ पाण्डेको अन्तरक्रिया सम्पन्न

१८ चैत्र २०७९, शनिबार २२:३०

काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी छन् । सिईओ पाण्डेले एकीकृत भावनाका साथ काम गर्न सबैलाई आह्वान गरेका छन् ।

कार्यक्रममा डेपुटी सिईओ निराज कँडेल र गणेश चौलागााई, चिफ म्यानेजर गुणराज श्रेष्ठ लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा देशैभरिका अभिकर्ता तथा एजेन्सीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा व्यवसाय रणनीतिको सम्बन्धमा पनि छलफल भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*